गठबन्धन चुनाव पछिसम्म जान्छ भन्न सकिन्न तर, अहिले चुनाव सम्म गठबन्धन दृढतापूर्वक अगाडि बढ्छ : झलनाथ खनाल
वि.सं.२०७९ भदौ ५ आइतवार १३:२९
shares

बुटवल ।नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सत्ता गठबन्धन प्रदेश र प्रतिनिधिसभा चुनाव पछि सम्म कायम रहनेमा शंका गरेका छन् । आइतबार विहान भैरहवा स्थित गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरु सँग कुुरा गर्दै खनालले चुनाव सम्म गठबन्धन कायम रहने तर त्यसपछि भन्न नसकिने बताए ।
‘गठबन्धन चुनाव पछिसम्म जान्छ भन्न सकिन्न तर, अहिले चुनाव सम्म गठबन्धन दृढतापूर्वक अगाडि बढ्छ’, खनालले भने ।
उनले इलामको क्षेत्र नं १ मा आफूू अन्तिम पटकका लागि प्रतिनिधिसभामा उम्मेदवार हुने बताए । एमालेमा दक्षिणपन्थी अवसरवाद प्रकट भएकाले अलग पार्टी गठन गरेको बताउँदै नेता खनालले तत्काल एमाले सँग तालमेल र एकताको सम्भावना नरहेको बताए ।



































