जसपाको प्रवक्ताको जिम्मेवारी मनिष कुमार सुमनलाई
वि.सं.२०७९ भदौ ५ आइतवार १३:३६
shares

काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा)को प्रवक्ताको जिम्मेवारी मनिष कुमार सुमनले पाएका छन् । पार्टी अध्यक्ष उपेन्द्र यादवले सुमनलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।
यसअघि जसपाको प्रवक्ता डम्बर खतिवडा थिए । जसपा बाट बाबुराम भट्टराई अलग भएपछि उनले पनि जसपा छाडेका थिए । भट्टराईले माओवादी केन्द्रको चुनाव चिह्न बाट निर्वाचनमा भाग लिने निर्णय गरेपछि खतिवडाले पार्टी नै छाडेको घोषणा गरेका थिए ।
जसपाको केन्द्रीय कार्यकारिणी समिति सदस्य सुमनले आफूलाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएको भन्दै नेतृत्व प्रति धन्यवाद ज्ञापन समेत गरेका छन् ।



































