विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अप्ठ्यारो परिस्थितिका बाबजुद एमाले चुनावको तयारीमा छ : एमाले उपाध्यक्ष सुरेन्द्र

598
shares

पोखरा ।नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले २०५६ को चुनावमा जस्तै अहिले पनि एमाले अप्ठ्यारो स्थितिमा रहेको बताएका छन् । अप्ठ्यारो परिस्थितिका बाबजुद एमाले चुनावको तयारीमा रहेको पाण्डेको भनाइ छ । आज प्रेस चौतारी कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले भने, ‘२०५६ सालमा भएको चुनावमा पार्टी विभाजित भए पनि हाम्रा विरुद्धमा कसैको गठबन्धन थिएन । अहिले हामी विभाजनको अवस्थामा पनि पर्ने र सँगसँगै विभिन्न दल मिलेर गठबन्धन पनि गर्ने दुई चुनौति हाम्रा सामु छन् । यी दुबै चुनौतिलाई हामीले गम्भीरतापूर्वक एनालाइसिस गरेका छौं ।’

नेकपा विभाजनको क्रम सँगसँगै एमाले भित्र पनि विभाजनको स्थिति उत्पन्न भएको, सानै हिस्सा वा सानै संख्यामा गएको भए पनि त्यसले विभाजनको छाप छाडेको र जनतामा प्रभाव पनि परेको पाण्डेको भनाइ छ । पार्टी विभाजन र गठबन्धन बाट पर्न सक्ने प्रभावको अध्ययन गरिरहेको र त्यसलाई कसरी परास्त गर्ने भन्ने प्रयासमा पनि एमाले रहेको पाण्डेले बताए ।

उनले अहिलेको गठबन्धन मुलुकका निम्ति आफैं समस्या बनेर आउन सक्ने बताए । ‘गठबन्धन बाट मुलुकले समाधान पनि नपाउने, गठबन्धन केका लागि भन्दा समस्या समाधानको लागि भन्ने तर गठबन्धन आफैं समस्या बनेर आयो भने न त मुलुकले समाधान पायो न कुनै एउटा दललाई अगाडि बढ्नका लागि बाटो खोलियो,’ पाण्डेले भने, ‘यो गठबन्धनले मुलुकलाई थप संकट तिर पनि लान सक्छ ।’

अहिलेको राजनीतिक समस्याको समाधान अबको चुनावले पनि गर्न नसक्ने आशंकाकै बीचमा चुनावमा गइरहेको पाण्डेले बताए । आउने ५ वर्षले यसअघि भएका राजनीतिक अस्थिरता समाधान गर्न सक्यो भनेमात्रै देशले सही दिशा लिने पाण्डेको भनाइ छ । ‘परिस्थिति कस्तो देखिँदै छ भने आउने चुनावले पनि कुनै बहुमतको सरकार नहुने र कम्तिमा २/३ सरकार बन्ने सम्भावना बोकिरहेको हो कि भन्ने म देख्छु,’ पाण्डेले भने, ‘जुन ढंगले सरकारमा बसिरहेका दलहरुले वार्ता अगाडि बढाइरहेका छन् । कसैलाई बहुमत नदिने वार्ता गर्नुपर्छ भन्ने एकाथरी र बहुमत त गर्नैपर्छ भन्ने अर्को थरी । यसैले चुनावमा कुनै एउटा दलको बहुमत नहुने देखिन्छ ।’

बहुमत नपुगेपछि खिचातानी हुने र त्यसले अहिलेको असन्तुष्टि हटाउने भन्दा जारी राख्ने सम्भावना बढी रहेको पाण्डेले दाबी गरे । एमालेले यी सबैखाले समस्याको विश्लेषण गर्दै राजनीतिक घोषणा पत्र बनाइरहेको पाण्डेले बताए । पार्टीलाई एकताबद्ध बनाउन भनेर लाग्ने मध्येमा आफू एक जना पनि रहेको तर त्यो आंशिक मात्र सफल भएको पाण्डेको भनाइ छ । महाधिवेशनपछि एमालेमा १० भाइ भन्ने अध्यायकै अन्त्य भइसकेको दाबी गरे ।

अबको चुनावमा टिकट पाउने सम्भावना बारे पत्रकारको जिज्ञासामा पाण्डेले प्रतिप्रश्न गरे, ‘नेकपा एमाले भित्र इच्छुक जति सबैले टिकट पाउँछन् ? टिकट नपाउने बित्तिकै एउटा बिल्ला लगाइदिएर हुन्छ ? कास्कीमै पनि अस्ति कसले टिकट पायो, पाएन भन्ने भएन, यो एमालेको समस्या कि दश भाइको ?’ आज सबै पार्टी भित्र धेरै–थोरै समस्या रहेको पाण्डेले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports