kumari
stcnepal

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालबाट गौतमको सरूवा

काठमाडौँ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत डाक्टर जागेश्वर गौतमको सरूवा गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टर गौतमलाई थापाथलीस्थित प्रसुति तथा स्त्री रोग अस्पताल सरूवा गरेको हो । गौतमको ठाउँमा ट्रमा सेन्टरका डाक्टर रूद्र मरासिनीलाई पठाइएको छ ।
गत जेठ १० डाक्टर गौतमलाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत बनाइएको थियो । ओली सरकारले गरेको गौतमको सरुवालाई शेरवहादुर देउवा सरकारले खारेज गर्दै गौतमलाई प्रस्तुति गृह थापाथलीमा पठाएको छ ।

footer