गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्मला हत्या प्रकरण – घटनामा संलग्न रहेकाे आश‌ंकामा पक्राउ गरिएका विशाल चौधरी रिहा

572
shares

महेन्द्रनगर- कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न रहेकाे आश‌ंकामा पक्राउ गरिएका विशाल चौधरीलाई रिहा गरिएकाे छ।

अनुसन्धानका लागि भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेका भीमदत्त नगरपालिका-१८, सालघारीका १६ वर्षीय विशाल चौधरीलाई शुक्रबार रिहा गरिएकाे हाे।

बलत्कार र हत्यामा संलग्न भएको आरोपमा सिआइबीको टोलीले भीमदत्त नगरपालिका-१८, भगतपुर १७ वर्षीय प्रदीप रावललाई गएकाे मंसिर १८ मा नियन्त्रणमा लिएकाे थियाे। उनै रावलकाे बयानका आधारमा मंसिर १९ गते कञ्चनपुरबाट विशाल र दिनेश चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएकाे थियाे।

साविती बयानमा रावलले अपराध स्वीकारेकाे भनिएपनि यी तीनै जनाकाे ‘डिएनए’ भने ‘म्याच’ भएकाे थिएन।

उनीहरुलाई हत्यामा संलग्न भएको आशंकमा पक्राउ गरिए पनि परिवारले भने रावल र चौधरी त्यसबेला (साउन १०–११) गते प्रहरी हिरासतमै भएको दाबी गर्दै आएका छन्। कुखुराको मासु पसल चोरी गरेको आरोपमा निर्मला पन्तको हत्याको बेला उनीहरु प्रहरी हिरासतमै रहेको परिवारका सदस्यले बताएका हुन्।

विशाललाई शनिबार नै परिवारकाे जिम्मा लगाइएको छ। प्रहरीले भने गएकाे शुक्रबार विशाललाई नै बालबालिका खोजतलास समन्वय केन्द्रको जिम्मा लगाएर छोडेको थियो।

शनिबार काठमाडौंबाट महेन्द्रनगर ल्याएर विशाललाई बुबा वीरवहादुर चौधरीकाे जिम्मा लगाइएकाे केन्द्रले जनाएकाे छ।

तर, प्रदिपलाई भने हालसम्म पनि हिरासत मुक्त गरिएकाे छैन। उनलाई सिआइबीकै हिरासतमा राखिएकाे छ।

निर्मला हत्या भएकाे आज १ सय ५० दिन भइसकेकाे छ। तर, सरकारले हालसम्म पनि हत्यारा पक्राउ गर्न सकेकाे छैन।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports