गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कोरोना (कोभिड–१९)को बिमा गर्ने नाममा विमा कम्पनीको ठगी

832
shares

काठमाडौँ ।
जब कोरोनाको संक्रमण बढ्दै गएपछि सरकार र इन्सोरेन्स कम्पनी मिलेर सर्वसाधारणको कोरोना बिमा गर्ने अवधारणा अगाडि सा¥यो । तर सरकारले पुरा रकम भुक्तानी नगरेको भनेर बिमक संघले बिमा स्थगित गरेको थियो । हरेक जिल्लाबाट लाखौंको संख्याले कोरोना बिमा गराएका छन् । बिमा कम्पनीले १ जनाको बिमा गराए बापत ६ सय रुपियाँ उठाएको छ । बिमा गरेको बापत बिमा कम्पनीले नेपाली जनतासंग अरबौं रुपिया असुलिसकेको छ । तर अहिले कोरोना लागेको बिरामीले आफ्नै खर्चमा उपचार गराउनु परेको छ । कोरोना लागेको बिरामीले बिमा गराएको इन्सोरेन्स कम्पनीबाट कुनै पनि क्षतिपुर्ति पाएको छैन् ।

कोरोनाको बिमा गराइसकेपछि त कोरोनाको सम्पुर्ण उपचार त इन्सोरेन्स कम्पनीले गर्नुपर्ने होइन् । हिजो कोरोना लागेको बिरामीको सम्पुर्ण उपचार खर्च हामी व्यहोछौ । कोरोना लगेर कोही मान्छेको ज्यान गयो भने हामी क्षतिपुर्ति दिन्छौ । तर अहिले कोरोनाको बिरामी उपचारको आवश्यकता परेको बेलामा इन्सोरेन्स कम्पनीहरु पछि सरेको छ । बिमा कम्पनीहरुले सवसाधारणले बिमा तिरेको रकम पनि फिर्ता गरेको छैनन् ।

उपचार गर्दा त आफ्नै रकम खर्च भयो । तर कोभिडको कारण मान्छे मृत्यु भयो । त्यो मरेको मान्छेको आफन्तले पनि क्षतिपुर्ति पाउन सकेको छैन् । एउटा कोरोना संक्रमित बिरामीको उपचार गर्दा लाखौं रुपिया खर्च हुन्छ । कुनै पनि निजी र सरकारी अस्पतालहरुको कोभिड उपचारमा छुटको व्यवस्था गरेको छैन् । अर्थ मन्त्रालय र बिमक संघको मिलोमतोमा बिमाको पैसा इन्सोरेन्स कम्पनीले पहिले उठाइसकेको छ । तर सरकार र इन्सोरेन्स कम्पनीले नै जनतालाई झुठो आश्वासन् दिएर ठगेको छन् । जब कोभिडको संक्रमित बढे त्यतिखेर नै सरकारबाट भुक्तानी नपाएको भनेर इन्सोरेन्स कम्पनीले बिमा कार्यक्रम स्थगित गरेको छ । सिधासाधी जनताहरुलाई प्रलोभनमा पारेर तपाईहरुको कोभिडको सम्पुर्ण उपचार हाम्रो भयो भनेर ठगेको छन् । यत्तिखेर जब हामीहरुलाई उपचारको आवश्यकता परेको बिमक संघले बिमा कार्यक्रम स्थगित भनेर घोषणा गरिदिएको छ । बिमा गर्ने नाममा इन्सोरेन्स कम्पनीले जनता ठगेको छन् । अहिले कत्ति कोरोना संक्रमितहरु बिमा कम्पनीले उपचार गराइदेला भन्ने आशमा बसेको छन् । आर्थिक स्थिति कमजोर भएकोहरु हामीसंग चल –अचल सम्पत्ति नभएपनि बिमा गराएको कार्ड छ । यही कार्डको आधारमा हाम्रो उपचार हुन्छ भन्ने पनि धेरै छन् ।

गरिब, तल्लो आर्थिक स्तर भएको सर्वसाधारणहरुले इन्सोरेन्स कम्पनीको आश्वासनमा आएर बिमा त गरे तर उपचार पाएनन् । ज्यालामजदुरी गरेर कमाएको पैसा बिमा कम्पनीले खाइदियो भन्ने धेरैको जनगुनासो आइरहेको छ ।
बिमा कम्पनीको पोलेसी भनेकै कुनै पनि कार्यक्रम ल्याउने । सिधासाधी जनतालाई आश्वासन देखाउने अनि जनता ठग्ने । घरमा कत्ति जना सदस्य छन् ती सबैको बिमा गर्न लगाउने । अनि उपचार गर्ने बेला आइसकेपछि चाहि केही न केही बहाना बनाएर जनता ठग्ने । बिमा कम्पनीले कोरोनाको उपचार गराउने त भन्यो तर कुन अस्पतालमा उपचार गर्ने भनि तोकेको छैन । स्वास्थ्यको नाममा पनि ठगी भईरहेको छ ।
हाल कोही मान्छे बिरामी भएर अस्पताल गयो । उसले बिमा गराएको छ । त्यही पनि उसको आफन्तले नै सम्पुर्ण बिमा खर्च उठाउन परेको छ । यदि ऊ संग सम्पत्तिको नाममा केही छैन भने उसले अस्पतालमै आफ्नो प्राण त्याग्नुपर्ने हुन्छ ।
यसरी जनतालाई झुठो आश्वासन देखाएर ठग्ने इन्सोरेन्स कम्पनीहरुलाई कानुनको दायरामा ल्याउनु सरकारको दायित्व होइन् । इन्सोरेन्स कम्पनीहरुले ७७ वटै जिल्लाको जनताहरुबाट बिमा गराएको बापत अर्बौं रुपियाँ उठाएको छ । तर त्यो अरबौं रुपियाँमा मोजमस्ती गर्नेमा चाहि इन्सोरेन्स कम्पनी परेको छन् ।

आजभन्दा केही वर्षअगाडि इन्सोरेन्स कम्पनीले स्वास्थ्य बिमा सञ्चालन गरेको थियो । प्रत्येक घर बाट स्वास्थ्य बिमाको लागि ३५०० रुपिया उठाएको थियो । ३५०० रुपिया तिरीसकेपछि ५ जनाको उपचार गर्न पाइने भनेर बिमा कम्पनीले आश्वासन् दिएको थियो ।
३५०० रुपिया तिरिसकेपछि ५जनाको परिवारले १ वर्षको लागि निःशुल्क उपचार पाउने भनेर बिमा कम्पनीले जनाएको थियो । तर यो पनि आश्वासन्मै सिमित हुन पुग्यो । बिमाको नाममा जनताले तिरेको पैसामा इन्सोरेन्स कम्पनीहरु मोटाई रहेको छन् ।
सर्वसाधारणहरुले बिमा गर्ने नाममा तिरेको रकम त्यसै खेर गयो । स्वास्थ्य बिमा गरेको मान्छेहरुलाई निःशल्क उपचार र औषधीको व्यबस्था इन्सोरेन्स कम्पनीले गर्नुपर्ने हुन्छ । डाक्टरले जाँच गरेर औषधी लेखिदिने अनि बिरामी औषधी लिन जादाँ औषधी छैन सकिसक्यो भनेर फिर्ता पठाइदिने ।

एउटा औषधी खान नपाएर मर्छ भने अर्को जनतालाई ठगेर मोटाउछ । इन्सोरेन्स कम्पनीले स्वास्थ्यको नाममा पनि जनता ठगिरहेको छ । जनताको बाँच्ने अधिकार नेपालको संविधानमा उल्लेख गरिएको छ । यसरी सिधासाधी जनतालाई झुठो प्रलोभन देखाएर जनताको बाँच्न पाउने हकमा ताला लाउने हक यी इन्सोरेन्स कम्पनीले पाएको छैनन् । उपचार गर्ने नाममा जनता ठग्दा पनि बिमा कम्पनीको अनुगम अर्थ मन्त्रालयले गरेको छैनन् । आर्थिक कमजोर भएकोहरु कोरोना लागेपनि अस्पताल नगईकन घरमै मृत्युसंग जुधेर बसिरहेको छन् । इन्सोरेन्स कम्पनीको सञ्चालकहरुलाई राजनितिक दलहरुले ढाकछोप गरेको हुनाले पनि इन्सोरेन्स कम्पनीहरुमा जे गरे पनि हुने मनाशय बढेको देखिन्छ ।

बिमक संघ र इन्सोरेन्स कम्पनीहरु राजनितिक पार्टीलाई चन्दा दिने । राजनितिक दलको झोला बोक्ने हुनाले पनि यिनीहरु दलालहरुको विरुद्धमा कसैले पनि आवाज उठाएको छैनन् । बिमा कम्पनीले आफुखुसी रकम उठाएर बिमा गर्ने गरेको छ । बिमा गरेको व्यक्तिहरुले कुन अस्पतालबाट सेवा सुविधा पाँउछन् भनेर बिमा कम्पनीले तोकेको छैन् ।

यसरी उपचारको नाममा आश्वासन देखाएर जनता ठग्दा पनि सरकार किन कानमा तेल हालेर बसेको छ । बोल्न नसक्ने, अशिक्षित र गरिब जनताहरुलाई सरकारले पनि आश्वासन दिन छाडेन् । भने यता निजी कम्पनीहरुले त उपचारको नाममा पनि जनता ठगिरहेको छन् । न सरकारसंग जनता ठग्ने संघसंस्थाको विरुद्ध अनुगमन गर्न सक्ने आँट छ । जनताहरु त आवाज भएर पनि आवाज विहिन भएर बस्नुपर्ने बाध्यता आएको छ । इन्सोरेन्स कम्पनीले जनताको आँखामा धूलो हालेर ठग्यो । तर सरकारले यस्ता इन्सोरेन्स कम्पनीहरुको विरुद्ध कुनै पनि ठोस कदम चाल्न सकेको छैन ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports