विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

म्याद सकिएको दुग्धजन्य पदार्थ बिक्री वितरण

910
shares

काठमाडौँ ।
सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले उपभोग्य मिति सकिएकोे दुग्धजन्य पदार्थ बिक्री गरिएको स्वीकार गरेको छ । डीडीसीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा लकडाउनको समयमा गोदाममा थन्किएर प्याकेजिङमा उल्लेख गरिएको उपभोग्य मिति सकिएको बटर बिक्री गरिएको स्वीकार गरेको छ । डीडीसीले उपभोग्य मिति सकिए पनि बटरको गुणस्तरमा ह्रास नआएको सो प्रतिवेदनमा दाबी गरेको छ ।
प्याकेजिङ भएको मितिले ८ महिना र १२ महिनासम्म उपभोग गर्न मिल्ने लेखिएको भए पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार त्यसको म्याद प्याकेजिङ भएको मितिले १८ महिना हुने डीडीसीको तर्क रहेको छ । बटरको रङ, बास्ना, फ्रि फ्याटी एसिड, पेरोक्साइड भ्यालु, ¥;यानसिडीटी लगायतका गुणस्तर कायम रहेको डीडीसीले पठाएको प्रतिवेदनमा उल्लेख रहेको मन्त्रालय स्रोतले जनाएको छ ।
डीडीसीले सुजल डेरीबाट बटर ल्याएर आफ्नो गोदाममा राखिएको थियो । प्रतिवेदन अनुसार डेरीबाट ल्याएको बटरको कुनै बाकसमा वेस्ट विफोर आठ महिना र कुनैमा वेस्ट विफोर १२ महिना उल्लेख भएको छ । उल्लेख म्यादको समयपश्चात ती बटर कच्चा पदार्थको रुपमा प्रयोग गरिएको डीडीसीले स्वीकार गरेको हो । संस्थानमा मौज्दात सम्पूर्ण बटर कोडेक्स अनुसार प्याकेजिङमा उल्लेखित मिति पश्चात पनि गुणस्तरयुक्त रहेमा प्रयोग गर्न सकिने डीडीसको प्रतिवेदनमा उल्लेख छ । कोरोनाको पहिलो लहरमा देशभर लकडाउनका कारण डीडीसीबाट उत्पादित दुग्ध पदार्थको बिक्री वितरणमा समस्या भएपछि ठुलो परिमाणमा बटरको मौज्दात रहेको र उक्त बटर प्रयोग गर्नका लागि योग्य नै रहेका कारण बिक्री गरिएको डीडीसीको जिकिर छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports