kumari
stcnepal

म्याद सकिएको दुग्धजन्य पदार्थ बिक्री वितरण

काठमाडौँ ।
सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले उपभोग्य मिति सकिएकोे दुग्धजन्य पदार्थ बिक्री गरिएको स्वीकार गरेको छ । डीडीसीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा लकडाउनको समयमा गोदाममा थन्किएर प्याकेजिङमा उल्लेख गरिएको उपभोग्य मिति सकिएको बटर बिक्री गरिएको स्वीकार गरेको छ । डीडीसीले उपभोग्य मिति सकिए पनि बटरको गुणस्तरमा ह्रास नआएको सो प्रतिवेदनमा दाबी गरेको छ ।
प्याकेजिङ भएको मितिले ८ महिना र १२ महिनासम्म उपभोग गर्न मिल्ने लेखिएको भए पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार त्यसको म्याद प्याकेजिङ भएको मितिले १८ महिना हुने डीडीसीको तर्क रहेको छ । बटरको रङ, बास्ना, फ्रि फ्याटी एसिड, पेरोक्साइड भ्यालु, ¥;यानसिडीटी लगायतका गुणस्तर कायम रहेको डीडीसीले पठाएको प्रतिवेदनमा उल्लेख रहेको मन्त्रालय स्रोतले जनाएको छ ।
डीडीसीले सुजल डेरीबाट बटर ल्याएर आफ्नो गोदाममा राखिएको थियो । प्रतिवेदन अनुसार डेरीबाट ल्याएको बटरको कुनै बाकसमा वेस्ट विफोर आठ महिना र कुनैमा वेस्ट विफोर १२ महिना उल्लेख भएको छ । उल्लेख म्यादको समयपश्चात ती बटर कच्चा पदार्थको रुपमा प्रयोग गरिएको डीडीसीले स्वीकार गरेको हो । संस्थानमा मौज्दात सम्पूर्ण बटर कोडेक्स अनुसार प्याकेजिङमा उल्लेखित मिति पश्चात पनि गुणस्तरयुक्त रहेमा प्रयोग गर्न सकिने डीडीसको प्रतिवेदनमा उल्लेख छ । कोरोनाको पहिलो लहरमा देशभर लकडाउनका कारण डीडीसीबाट उत्पादित दुग्ध पदार्थको बिक्री वितरणमा समस्या भएपछि ठुलो परिमाणमा बटरको मौज्दात रहेको र उक्त बटर प्रयोग गर्नका लागि योग्य नै रहेका कारण बिक्री गरिएको डीडीसीको जिकिर छ ।

footer