एमालेले बोलायो स्थायी र केन्द्रीय कमिटी बैठक
वि.सं.२०७८ साउन २४ आइतवार १६:५१
shares

काठमाडौँ ।
नेकपा एमालेले स्थायी कमिटी बैठक भोली बस्ने भएको छ । पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार सोमबार बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको छ । उक्त बैठकपछि सोमबार नै केन्द्रीय कमिटी बैठक राखिएको उनले जानकारी दिए । स्थायी र केन्द्रीय कमिटीको बैठक तुलसीलाल स्मृति भवनमा बस्ने तामाङले बताए । एमालेले आइतबारका लागि यी बैठक बोलाए पनि पार्टी एकताका पहलका लागि भन्दै एक दिन बैठक पछि सारेको छ ।
एमालेमा लामो समयदेखि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच विभिन्न विषयमा कुरा मिलेको छैन । पछिल्लो समय नेता नेपालसहित एमालेका २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई गत साउन ३ मा विश्वासको मत दिएका थिए ।
पार्टी एकताका लागि पहल भइरहेको दुबै पक्षका नेताहरूले बताए । तर दुबै पक्षका स्थायी र केन्द्रीय कमिटी बैठक भिन्नाभिन्नै रूपमा बसिरहेका छन् ।



































