विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हङकङ माथि सानदार जित निकाल्दै पाकिस्तान एसिया कपको सुपर फोरमा

598
shares

काठमाडौं ।हङकङ माथि सानदार जित निकाल्दै पाकिस्तान एसिया कपको सुपर फोरमा पुगेको छ।हङकङलाई ३८ रनमा अल आउट गर्दै पाकिस्तान १ सय ५५ रनको फराकिलो अन्तरमा जित निकाल्दै टि२० एसिया कप २०२२ को सुपर फोरमा स्थान पक्का गरेको हो।

यो सँगै एसिया कप २०२२ को सुपर फोरमा पुग्ने सबै टोली टुंगो लागेका छन्। जितको लागि १ सय ९४ रनको विशाल विजयी लक्ष्य पछ्याएको हङकङ १०.४ ओभरमा मात्र ३८ रनमा अल आउट भयो। हङकङका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। कप्तान निजाकत खानले १३ बलमा १ चौका सहित सर्वाधिक ८ रन बनाए। यस्तै किन्चित शाहले १० बलमा १ चौका सहित ६ रन बनाए।

हङकङको यो टि २० आईमा सबैभन्दा कम योगफल हो। यसअघि २०१४ को टि२० विश्वकपमा नेपाल सँग ६९ रनमा भएको अल आउट सबैभन्दा कम योगफल रहँदै आएको थियो। त्यस्तै पाकिस्तानको यो टि२० आईमा सर्वाधिक ठूलो अन्तरको जित हो। यसअघि पाकिस्तानले टि२० आईमा सर्वाधिक ठूलो जित वेस्टइन्डिज विरुद्ध २०१८ मा १ सय ४३ रन थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports