विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसका सांसद अमरेशकुमार सिंहलाई अनुशासनको कारवाही

598
shares

काठमाडौं ।कांग्रेस नेता अमरेशकुमार सिंह माथि अन्तर्घातको आरोपमा अनुशासनको कारवाही गरिएको छ । २०७४ सालको निर्वाचनमा सर्लाही–४ बाट निर्वाचित सिंह माथि गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको आरोप लागेको हो ।

कांग्रेस जिल्ला अनुशासन समिति सर्लाहीले गत २ असारमा सिंहलाई निलम्बन गरेको कांग्रेस मधेश प्रदेश कार्यसमिति/अनुशासन समितिलाई जानकारी गराएको छ । गत ४ असारमै जिल्ला अनुशसान समितिले प्रदेश समितिलाई पत्राचार गरे पनि सोमबार उक्त पत्र सार्वजनिक भएको छ ।

सिंहको निर्वाचन क्षेत्र सर्लाही–४ बाट आगामी निर्वाचनका लागि कांग्रेस महामन्त्री गगनकुमार थापाको एकल नाम सिफारिस गरिएको छ । उपरोक्त सम्बन्धमा पार्टिको आधिकारिक उमेदवारहरुलाई स्थानीय तह निर्वाचनमा अन्तघात र असहयोग गर्ने सर्लाही क्षेत्र नं. ४ बाट निर्वाचित सांसद माननीय अमरेशकुमार सिंहलाई जिल्ला अनुशासन समितिले नेपाली काँग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ को ख बमोजिम मिति २०७९–०३–०३ गते निलम्बन गरि निर्णयको प्रतिलिपि जानकारीको लागी पठाइएको छ,’ संयोजक जिल्ला अनुगमन समिति (जिल्ला उपसभापति) डा.सरोजकुमारले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports