linktrix Long Ad
Salt Trading Long Ad

जसपा र लोसपा रितिने अबस्थामा, सांसद लगायत धेरै नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गरे, अरू धेरै प्रबेश गर्दै

689
shares

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको आयु सकिन एक दिन अगाडि मधेस प्रदेशकी जसपा सांसद डा.रीना यादव केपी ओलीको हात बाट टीका लगाएर नेकपा एमालेमा प्रवेश गरिन् । जसपा केन्द्रीय सदस्य समेत रहेकी यादव तत्कालीन राष्ट्रिय जनता पार्टी बाट समानुपातिक सांसद थिइन् । पार्टी विभाजनपछि उनी उपेन्द्र यादव नेतृत्वको जसपामा थिइन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका युवा नेता सन्जिव झा लगायत सँगको छलफलपछि उनी एमालेमा प्रवेश गरेकी हुन् । पछिल्लो समय युवा नेता झाको नेतृत्वमा एमालेले मधेशका लोकप्रिय फिगरहरुलाई पार्टीमा प्रवेश गराइरहेको छ । सांसद रिना यादव प्रवेश गर्नुअघि जसपाकै सांसद अन्जु कुमारी यादव र रुही नाज पनि धनुषाको आमसभामा एमाले प्रवेश गरेका थिए । रुही नाज प्रतिनिधि सभा सदस्य हुन् भने अन्जु प्रदेश सभा सदस्य हुन् । उनीहरु दुवैलाई एमाले अध्यक्ष अ‍ोलीले पार्टीमा स्वागत गरे ।

मधेश प्रदेशका अर्का सांसद प्रल्हाद गिरी पनि नेकपा एमालेमा प्रवेश गरिसकेका छन् । पर्साबाट प्रत्यक्ष निर्वाचित गिरी केही दिनअघि अध्यक्ष ओलीलाई भेटेर एमालेमा प्रवेश गरेका हुन् । दुवै सदनको आयु सकिनै लाग्दा मधेशवादी दलका धेरै नेता कार्यकर्ता र निवर्तमान जनप्रतिनिधिहरु एमालेमा प्रवेश गरिरहेका छन् । तत्कालीन संघीय समाजवादी फोरम बाट धनुषा २ बाट निर्वाचित भएका र हाल लोसपाको प्रमुख सचेतक रहेका उमाशंकर अरगरिया पनि एमाले प्रवेश गर्ने निश्चित भएको छ ।

उनलाई एमालेमा स्वागत गर्न अध्यक्ष ओली पुनः जनकपुर जाँदैछन् । अरगरीया सँगै जसपा र लोसपाका अन्य सांसदहरु समेत एमाले प्रवेशका लागि संवादमा रहेको बताइएको छ । पर्सा बाट निर्वाचित विमल श्रीवास्तव लगायतका नेताहरु समेत एमाले सँग संवादमा छन् ।केही दिनअघि सुदूरपश्चिम प्रदेशका नेकपा एसका सासद तारा लामा तामाङ लगायत पनि एमालेमा प्रवेश गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports