राप्रपा भित्र तिब्र बिबाद, अध्यक्ष लिङदेनले एकलौटी गरेको आरोप
वि.सं.२०७९ कात्तिक ३ बिहीवार ०८:३३
shares

काठमाडौं ।आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि नेकपा एमाले सँग भएको तालमेलका कारण राप्रपामा विवाद देखिएको छ । बुधबार २ दर्जन नेताले निर्वाचनमा पार्टीले अख्तियार गरेको नीति र निर्णय बाट गम्भिर क्षति पुग्ने ठहरसहित अध्यक्ष राजेन्द्र लिङदेनलाई सचेतना पत्र बुझाएपछि उक्त विवाद बाहिर आएको हो । उनीहरुले अध्यक्ष लिङदेनलाई उक्त निर्णय तत्काल सच्याउन समेत आग्रह गरेका छन् ।
सचेतना पत्रमा भनिएको छ : ‘यही मंसिर ४, २०७९ मा हुन गैरहेको संघीय तथा प्रदेश निर्वाचनमा हाम्रो पार्टीले अख्तियार गरेको नीति र निर्णय बाट पार्टीलाई दुरगामी एवम् गम्भीर क्षति पुग्ने ठहर गरेका छौं । अतः उक्त निर्णयलाई तत्काल सच्याउनका लागि ध्यानाकर्षण गर्दछौं ।’



































