विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुने

598
shares

पोखरा। कर्णालीमा पहिलो पटक बृहत राष्ट्रिय खेलकुद आयोजना हुने भएको छ। दुई वर्षपछि हुने दशौं संस्करणको राष्ट्रिय खेलकुद कर्णालीमा आयोजना हुने भएको हो।

बुधबार पोखरामा बसेको राष्ट्रिय खेलकुदको बोर्ड बैठकले २०८१ सालमा कर्णालीमा राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको हो। तर कुन महिना गर्ने विषयमा अहिले टुंगो लागेको छैन।

बैठकमा एघारौं राष्ट्रिय खेलकुद मधेश प्रदेशमा आयोजना गर्नका लागि पनि प्रस्ताव आएको एक बोर्ड सदस्यले बताए। मधेश प्रदेश सँगै सुदूरपश्चिम, बागमती प्रदेशले पनि एघारौं आयोजना गर्न दाबी गरेका छन्।

बिहीबार पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुदको समापन हुँदैछ। समापनमा कर्णाली प्रदेशलाई दशौं राष्ट्रिय खेलकुदका लागि झण्डा हस्तान्तरण गरिनेछ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports