चुनावपछि बृद्धभत्ता ५ हजार पुर्याउँछौ : पाण्डे
वि.सं.२०७९ कात्तिक ३ बिहीवार ०८:५१
shares

चितवन । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकारले थालेको सामाजिक सुरक्षा कार्यक्रमका कारण अहिले देशभर २५ लाख जेष्ठ नागरिक र ९ लाख विपन्नहरुले सुविधा पाइरहेको बताएका छन् ।
चितवन क्षेत्र नम्बर १ को चुनावी अभियानमा बोल्दै उपाध्यक्ष पाण्डेले एमालेले १ सय रूपैयाँ बाट सुरु गरेको जेष्ठ नागरिक र सामाजिक सुरक्षा भत्ता ४ हजार पु¥याइसकेको बताए । अब एमाले सरकारले ५ हजार पु¥याउने उनको भनाइ छ । आगामी निर्वाचनमा युवामा लगानी गर्ने नीति एमालेले लिएर आउने पाण्डेको धारणा छ ।





































