विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मतदाताहरू माथि अङकुश लगाईयो : पूर्व निर्वाचन प्रमुख आयुक्त

559
shares

काठमाडौं ।पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले राजनीतिक दलहरूले गठबन्धन गरेर मतदाताहरूको स्वतन्त्र विवेकमा अङ्कुश लगाउन खोजेको आरोप लगाएका छन् । बुधवार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘संसदीय प्रणालीमा निष्पक्ष निर्वाचन’ विषयक अन्तरक्रियामा बोल्दै उनले राजनीतिमा गठबन्धन स्वाभाविक भए पनि मतदान अघिको गठबन्धनले भने मतदातालाई अप्ठ्यारो पार्ने बताए ।

उनले भने, ‘संसदीय विकासको सिस्टमलाई खलबल्याउनु हुँदैन । निर्वाचनको प्राणी भित्र पसेर यसलाई खलबल्याउने काम पनि भइरहेको छ, यो चित्त बुझेको छैन । स्वतन्त्र विवेक प्रयोग गर्न पनि अङ्कुशहरू लगाइएको छ । जुन यो अहिलेको गठबन्धन प्रि–इलेक्शन गठबन्धन । उम्मेदवारीले त भोटर्सलाई अप्ठ्यारो पारेको नै छ । सबैलाई अप्ठ्यारो छ । उम्मेदवारी दिँदा पार्टीले न्याय गरेन भन्नेछ । महिलाहरूको त ९ प्रतिशतमा राख्यो । दिँदै दिएन भन्दा पनि हुन्छ । जनजातिको प्रतिनिधित्व पनि उचित तरिकाले भएन भन्नेछ । मतदाताहरूले स्वतन्त्र विवेक प्रयोग गर्नमा पनि अङ्कुश अहिलेको गठबन्धन, गठबन्धनलाई मैले गाली गरेको होइन । गठबन्धन त हुन सक्छन् राजनीतिमा । संसदमा फ्लोर क्रस हुन्छ । तर मतदान पहिलेको गठबन्धनले गर्दा उम्मेदवारीले मतदातालाई पनि अप्ठ्यारो पारेको छ । सुन्ने, बुझ्ने, देख्ने सबैलाई अप्ठ्यारो छ । उम्मेदवारी दिँदा पार्टीहरूले न्याय गरेनन् भन्ने पनि छ । महिला, दलित, जनजाति, अल्पसङ्ख्यक लगायतलाई न्याय गरेनन् ।’

कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले निर्वाचनको विधि र प्रविधिमा पनि सुधार गर्नुपर्ने बताए ।उनले भने, ‘दलहरु मिसिँदा कुन दलले कतापट्टि भोट हाल्ने ? मतदातालाई प्रेसर छ । उसले विवेक प्रयोग गर्न पाउँदैन । ओलाङचुङगोला र कञ्चनपुरको मतदाताले एउटै विचार गरिराखेको हुन्छ । उसको विवेक एउटै किसिमको हुन्छ । तर दलहरूले विवेकमा पनि प्रभाव पारेर उसलाई मतदान दिनका लागि बाध्यात्मक स्थिति सिर्जना गरिरहेको अवस्थामा बहुदलीय व्यवस्था फस्टाउने, बलियो हुने स्थिति हुन्छ कि प्रतिनिधि मात्रै छानेर फेरि पनि त्यहीँ टाँसिएर त्यसै गर्ने स्थिति हुन्छ भन्ने शङ्का लागिराखेको छ ।’

उनले निर्वाचन सम्बन्ध गराउन निर्वाचन आयोग र कर्मचारीहरू सक्षम रहेको बताए । आयोगले जारी गरेको आचारसंहिता उपयुक्त भए पनि कार्यान्वयनको पक्ष भने कमजोर रहेको बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports