विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

२६ स्थानिय तहले अझै ल्याएनन बजेट

494
shares

काठमाडौं ।चालु आर्थिक वर्ष (आव) २०७९/८० को तीन महिना सकिँदा सम्म २६ स्थानीय तहले अझै बजेट ल्याएका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ७५३ स्थानीय तहमध्ये बजेट नल्याउनेमा मधेस प्रदेशका २३ र लुम्बिनी प्रदेशका तीन स्थानीय तह रहेका छन् । अरू पाँच वटा प्रदेशका ७२७ स्थानीय तहले भने बजेट ल्याएका छन् ।

बजेट नल्याउने स्थानीय तहमा लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा पर्ने गैडहवा गाउँपालिका, दाङको राजपुर गाउँपालिका र बाँकेको डुडुवा गाउँपालिका रहेका छन् । त्यसैगरी, मधेस प्रदेशअन्तर्गतको सिराहा जिल्लामा पर्ने मिर्चैया नगरपालिका, सिराहाका औरही गाउँपालिका र कर्जन्हा नगरपालिका, धनुषाका धनुषाधाम नगरपालिका, नगराइन नरपालिका, विदेह नगरपालिका, कमला नगरपालिका र धनौजी गाउँपालिकाले हालसम्म पनि बजेट ल्याएका छैनन् ।

त्यस्तै, महोत्तरीको सोनमा गाउँपालिका, सर्लाहीका मलंगवा नगरपालिका र विष्णु गाउँपालिका रहेका छन् । रौटहटका कटहरीया नगरपालिका, दुर्गाभगवती गाउँपालिका, फतुवा विजयपुर नगरपालिका, बौधीमाई नगरपालिका, माधवनारायण नगरपालिका, मौलापुर नगरपालिका र यमुनामाई गाउँपालिका रहेका छन् । बाराका महागढीमाई नगरपालिका र पचरौता नगरपालिकाले हालसम्म चालु आवको बजेट पेस गरेका छैनन् ।

पर्सा जिल्लामा भएका १४ स्थानीय तह मध्ये तीन स्थानीय तहले हालसम्म पनि बजेट पेस गरेका छैनन् । बजेट पेस नगर्नेमा धोबीनी गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका र कालिकामाई गाउँपालिका रहेका छन् । स्थानीय तहले असार १० गते नीति तथा कार्यक्रम नगर तथा पालिका सभामा पेस गरी असार मसान्त सम्म पारित गरिसक्नु पर्ने व्यवस्था छ । तर, कतिपय स्थानीय तहले भने यस्तो व्यवस्थालाई वास्ता नगनरेको पाइन्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports