शंखधर साख्वाको नाममा सरकारले हरेक बर्ष तिन जनालाई १\ १ लाखको पुरुस्कार दिने
वि.सं.२०७९ कात्तिक ९ बुधवार १५:२०
shares

काठमाडाैं ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले राष्ट्रिय विभूति शंखधर साख्वाको नाममा हरेक वर्ष तीन जनालाई पुरस्कृत गर्ने बताएका छन् ।
शंखधर साख्वाको योगदानलाई चिर बनाउनेहरूलाई कदर स्वरुप हरेक वर्ष तीन जना व्यक्तित्वहरूलाई एक लाख रुपैयाँका दरले पुरस्कृत गर्ने तयारी गरिरहेको मन्त्री श्रेष्ठले बताए । बुधबार भक्तपुरमा आयोजित नेपाल संवत् ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवं राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले शंखधर साख्वाको काम उजागर गर्ने कार्यमा सहयोग पुर्याउने व्यक्तिहरुलाई शंखधर साख्वाको नाममा सरकारको तर्फ बाट तीन जनालाई हरेक वर्ष एक लाखको दरमा पुरस्कृत गर्ने कार्यक्रम सरकारले छलफल गरीरहेको बताए ।
उनले शंखधर साख्वाको योगदानलाई जनस्तरमा बुझाउन सके दुःखमा परेका मानवलाई सेवा गर्न प्रेरित हुने बताए । मन्त्री श्रेष्ठले नेपाल संवत्लाई व्यवहारमा उतार्न सक्नु पर्नेमा जोड दिए ।

































