kumari
stcnepal

एउटै रूखमा झुन्डिएर प्राण त्यागे दम्पतीले

बाँके ।बाँकेको कोहलपुरमा एक दम्पती घर नजिकै मृत अवस्थामा फेला परेका छन ।
बाँकेको कोहलपुर नगरपालिका १३ निवासी ६० वर्षिय डम्बर बोहरा र उनकी श्रीमती ५७ वर्षिय पार्वति बोहरा घर नजिकै रहेको रुखमा झुन्डिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरिक्षक ऐनबहादुर मल्लले  बताए ।

उनका अनुसार गएको कार्तिक ८ गते देखि नै घरपरिवारको सम्पर्कमा नरहेका दम्पती आइतवार बेलुकी मृत फेला परेका हुन । घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । मृतक दम्पती नाती नातिना संग वस्दै आएको बुझिएको छ ।

footer