linktrix Long Ad
Salt Trading Long Ad

नेकपा एसलाई धक्का, जिल्ला कमिटीका सदस्य सहित केहि एमालेमै फर्किए

624
shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका काठमाडौं जिल्ला कमिटी सदस्य मनोजकुमार श्रेष्ठ सहित ६ जना नेकपा एमालेमै फर्किएका छन् । श्रेष्ठ सँगै पवन लामा, अनिश गुरुङ, कृष्ण गुरुङ, समिर कार्की र विकास खत्री एमालेमै फर्किएका हुन् । उनीहरुलाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, केन्द्रीय सदस्यहरू नारायण सिलवाल, शान्ति अधिकारी र एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला लगायतले पार्टीमा स्वात गरेका थिए ।

श्रेष्ठले नेकपा एससँग देश विकासको कुनै भिजन नभएको भन्दै पुन: आफ्नो पुरानै घरमा फर्किएको बताए । श्रेष्ठले २०७४ सािलको निर्वाचनमा काठमाडौं क्षेत्र नं. ५ को युवा परिचालनको सचिव भएर काम गरेका थिए । यस पटक पनि एमाले उम्मेदवारहरू ईश्वर पोखरेल, नारायण सिलवाल र दीपक निरौलालाई जिताउन युवाहरू परिचालनको नेतृत्व लिने उनले बताए ।

यस्तै, श्रेष्ठ लगायतलाई स्वागत गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले राजनीतिक र सांगठनिक जीवन अब कतै विचलित नबनाई एमालेलाई साथ दिई देश विकासको अभियानमा उनीहरुको भूमिका रहने विश्वास व्यक्त गरे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports