सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जनकपुरधामका पोखरीहरुको सौन्दर्यीकरणका लागि टेन्डर आह्वान

546
shares

काठमाडौं– जनकपुरधामका पोखरीहरुको सौन्दर्यीकरणका लागि बिहीबार टेन्डर आह्वान भएको छ।

जनकपुरधाम उप–महानगरपालिका र खानेपानी मन्त्रालयका पदाधिकारीहरुबीच ३१ वटा पोखरी र रंगभूमी मैदानलाई अन्तर्राष्ट्रिय स्तरको मैदानको रुपमा विकास गर्न केही दिन अघि सम्झौता भएको थियो।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहका अनुसार पोखरी सौन्दर्यीकरणको कार्य तीब्र गतिमा गर्नकाा लागि टेन्डर गरिएको हो। जनकपुरधाममा पोखरी सौन्दर्यीकरणका कार्य ३ महिनामा सुरु हुने लक्ष्यका साथ अगाडि बढिएको उनले बताए।

केही दिनअघि सरसफाइ तथा जनकपुरधामको ऐतिहासिक पोखरी संवद्र्धनका लागि जनकपुरधाम उप–महानगरपालिका र खानेपानी मन्त्रालयबीच २ अर्ब १० करोड रुपैयाँको सम्झौता भएको थियो। @nepallive.com

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports