विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दिनेश कोईराला र अमरेश सिह सहित ७४ जना कांग्रेस बाट निष्कासित

676
shares

काठमाडौं ।नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका र पार्टीले सहयोग गरेका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा ७४ जनालाई पार्टी बाट निष्कासन गरेको छ । पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवार विरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएकाहरुलाई कांग्रेसको विधान अनुसार निष्कासन गरेको अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले जानकारी दिए ।

अनुशासन समितिले ७४ जनाको नाम सार्वजनिक गर्दै उनीहरुलाई सदस्यता समेत नरहने गरी पार्टीको अभिलेख बाट हटाउन पार्टीका विभिन्न समितिलाई निर्देशन दिएको छ । अन्य पार्टीमा गई उम्मेदवार भएकाहरुको नामावलीहरु समेत अभिलेख बाट हटाइने समितिले बताएको छ ।निष्कासनमा पर्नेहरुमा चितवन-३ बाट स्वतन्त्र उम्मेदवारी दिएका केन्द्रीय सदस्य दिनेश कोइराला, पूर्वसांसद अमरेशकुमार सिंह, महाधिवेशन प्रतिनिधि महादेव गुरुङ, गोकर्णेश्वर नगरपालिकाका नगर सभापति श्रीकृष्ण जोशी लगायत रहेका छन् ।

कांग्रेस अनुशासन समितिले सार्वजनिक गरेको अभिलेख बाट हटाउनु पर्ने व्यक्तिहरुको नामावली

१. मीनाकुमारी गुरुङ्ग, महाधिवेशन प्रतिनिधि एवं नेपाल महिला संघ जिल्ला अध्यक्ष, ताप्लेजुङ
२. सन्तमान केरुङ्ग, पूर्व गाउपालिका अध्यक्ष, पाँचथर
३. वालानन्द दाहाल, नेपाल विद्यार्थी संघ जिल्ला अध्यक्ष, धनकुटा
४. सुरेशकुमार पोखरेल, क्रियाशील सदस्य, झापा
५. फणिन्द्र थापा, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. २ मोरङ्ग
६. जयराज संयोग लिम्वु, महाधिवेशन प्रतिनिधि, मोरङ्ग
७. नन्दु सरदार, क्रियाशील सदस्य, मोरङ्ग
८. गोपाल रेग्मी, क्रियाशील सदस्य, मोरङ्ग
९. जनाद्र्धन निरौला, महाधिवेशन प्रतिनिधि, मोरङ्ग
१०. रोहित सुव्वा, महाधिवेशन प्रतिनिधि, सुनसरी
११. प्रेम भट्टराई, महाधिवेशन प्रतिनिधि, सुनसरी
१२ दिपेन्द्र घिमिरे, इटहरी उपमनपा वडा नं. २ का वडा सभापति, सुनसरी
१३. प्रदिप चौधरी, जिल्ला कार्यसमिति सदस्य, सुनसरी
१४. धर्मराज पोखरेल, महाधिवेशन प्रतिनिधि एवं पूर्व जिल्ला उपसभापति खोटाङ्ग
१५. हेमराज तातेड, महाधिवेशन प्रतिनिधि एवं पूर्व केन्द्रीय सदस्य, सप्तरी
१६. रामलगन साह, सप्तरी
१७. विजेता झा, धनुषा
१८. हरिशंकर साह, क्षेत्रीय सभापति क्षेत्र नं. ३, धनुषा
१९. सन्तोष यादव, धनुषा
२०. अमरेशकुमार सिंह, पूर्व सांसद, सर्लाही
२१. रोशन यादव, महाधिवेशन प्रतिनिधि, बारा
२२. अरुण ज्ञवाली, महाधिवेशन प्रतिनिधि, बारा
२३. प्रभु पटेल, महाधिवेशन प्रतिनिधि, बारा
२४. अजयकुमार द्विवेदी, पूर्व जिल्ला सभापति, पर्सा
२५. सुधिर पटेल, क्रियाशील सदस्य, पर्सा
२६. चन्द्रकिशोर चौधरी, क्षेत्रीय प्रतिनिधि, पर्सा
२७. लिलाबहादुर न्यौपाने, क्षेत्रीय प्रतिनिधि, रसुवा
२८. शारदाकुमार (सरोज) न्यौपाने, क्रियाशील सदस्य, रसुवा
२९. टिकाप्रसाद काप्री, क्षेत्रीय प्रतिनिधि, धादिङ्ग
३०. श्रीकृष्ण जोशी, गोकर्णेश्वर नगर सभापति, काठमाण्डौ
३१. दिपेन्द्र लामा, काठमाण्डौ ३ (क)
३२. मोहन खड्का, काठमाण्डौ ५ (क)
३३. भरत विडारी, महाधिवेशन प्रतिनिधि, काठमाण्डौ
३४. वलाराम थापा, क्रियाशील सदस्य, काठमाण्डौ
३५ जयराम कार्की, जिल्ला सदस्य, काठमाण्डौ
३६. गोविन्द घिमिरे, क्षेत्रीय प्रतिनिधि, ललितपुर
३७. दिपेश के.सी., क्रियाशील सदस्य, ललितपुर
३८. गंगाराम रिजाल, क्षेत्रीय प्रतिनिधि, ललितपुर
३९. रामकुमार जिसी, सुनकोशी गापा वडा नं. ३ का इकाइ सभापति, सिन्धुपाल्चोक
४०. भक्तवहादुर भण्डारी, सिन्धुपाल्चोक १ ख)
४१. वद्री चौलागाई, पूर्व क्षेत्रीय सभापति, क्षेत्र नं. २ सिन्धुपाल्चोक
४२. दिनेश कोइराला, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
४३. तारा पौडेल, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. ३ चितवन
४४. महादेव गुरुङ्ग, महाधिवेशन प्रतिनिधि, कास्की
४५. चित्रध्वज जि.सी., क्रियाशील सदस्य, नवलपुर
४६. नरवहादुर गुरुङ्ग, पूर्व क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. २ वाग्लुङ्ग
४७. ललित गुरुङ्ग, जिल्ला कार्यसमिति सदस्य, नेपाली कांग्रेस कपिलवस्तु
४८. ध्रुव पुन (दुत कुमार), महाधिवेशन प्रतिनिधि, रुकुम पूर्व
४९. सुवास पोखरेल, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. १ बर्दिया
५०. कृष्ण ढुंगाना, पूर्व गाउँ कार्य सभापति, नवलपरासी
५१. राजेन्द्रबहादुर शाह, महाधिवेशन प्रतिनिधि एवं पूर्व राज्य मन्त्री, सल्यान
५२. देवेन्द्र शाही, जुम्ला
५३. धनबहादुर वस्नेत, जुम्ला
५४. तारक के.सी., नेपाल विद्याथी संघ पूर्व केन्द्रीय सदस्य, रुकुम पश्चिम
५५. हर्कजंग वहादुर सिंह, पूर्व जिल्ला पार्टी सभापति, बझाङ्ग
५६. गणेश भण्डारी, बझाङ्ग
५७. नरेन्द्रबहादुर खड्का, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. १ डोटी
५८. राजन कुँवर, अछाम
५९. चन्द्रप्रसाद ढुंगाना, अछाम
६०. नृप विष्ट, नगर सचिव कमलवजार नगरपालिका, अछाम
६१. केशववहादुर चन्द, वैतडी
६२. हरिमोहन भण्डारी, वैतडी
६३. गिरीराज पाण्डे, कंचनपुर
६४. दिपकवहादुर सिंह, कंचनपुर
६५. गोपालसिंह वुढा, कंचनपुर
६६. पिताम्वर जोशी, प्रदेश प्रतिनिधि, कंचनपुर
६७. शारदा चन्द, महाधिवेशन प्रतिनिधि, कंचनपुर
६८. दुर्गादत्त पाण्डे, कंचनपुर
६९. मदन नेपाल, कंचनपुर
७०. भरतकुमार शाही, कैलाली
७१. गोविन्दराज जोशी : पूर्व जिल्ला सभापति, कैलाली
७२. लक्ष्मण शाही : महाधिवेशन प्रतिनिधि, कैलाली
७३. क्षितिज भण्डारी : महासमिति सदस्य, कैलाली
७४. विजयकुमार वस्नेत, पूर्व जिल्ला सदस्य, काठमाडौं ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports