विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारले धानको मूल्य तोक्यो, गत सालको भन्दा मूल्यमा बृद्धि

832
shares

काठमाडौं ।सरकारले धानको मूल्यमा वृद्धि गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालू आर्थिक वर्षका लागि धानको मूल्यमा वृद्धि गर्दै न्यूनतम् समर्थन मूल्य तोकेको छ । कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा.प्रकाश सञ्जेलका अनुसार कात्तिक १६ गते बसेको मन्त्रिपरिषदको बैठकले धानको मूल्यमा वृद्धि गर्दै न्यूनतम् समर्थन मूल्य तोकेको हो ।

मोटा धानको प्रति क्विन्टल दुई हजार ९६७ रूपैयाँ र मध्यम धानको प्रतिक्विण्टल तीन हजार १२८ रूपैयाँ न्यूनतम् समर्थन मूल्य तोकिएको प्रवक्ता सञ्जेलले जानकारी गराए । गत वर्षको तुलनामा मोटा धानको मूल्य प्रतिक्विन्टर २१५ रूपैयाँ वृद्धि भएको छ भने मध्यम धानको मूल्य प्रतिक्विन्टल २६६ रुपैयाँ वृद्धि भएको छ । किसानले धान भित्र्याउन लागेको बेला सरकारले धानको मूल्य वृद्धि गर्दै समर्थन मूल्य तोकेको हो ।

सरकारले तोकेको न्यूनतम् मूल्य भन्दा कममा धान खरिद बिक्री गर्न पाइँदैन । किसानको धान बिक्री भएन भने सरकारले नै खरिद गर्ने व्यवस्था समेत गरेको छ । विगत तीन चार वर्षदेखि तोकेको मूल्यमा बिक्री नभएको धान सरकारले खरिद गर्ने गरेको छ । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत धान खरिद गर्ने गरेको छ ।

यसैगरी न्यूनतम समर्थन मूल्यमा कृषि सहकारी मार्फत धान खरिद गर्न ३३ करोड रूपैयाँ बजेटको व्यवस्था गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत कृषि सहकारीका लागि तोकिएको न्यूनतम् समर्थन मूल्यमा धान खरिदका लागि छिट्टै सूचना प्रकाशन गरिने प्रवक्ता सञ्जेलले जानकारी गराए ।

हाल स्वीकृत कार्यविधि अनुसार तोकिएको न्यूनतम् समर्थन मूल्यमा धान खरिद गर्ने कृषि सहकारीहरुलाइ ११२ रुपैयाँ प्रति क्विन्टल व्यवस्थापन खर्च उपलब्ध गराउने व्यवस्था छ । गत वर्ष यस कार्यक्रम अनुसार करिब नौ हजार मेट्रिक टन धान खरिद भएको थियो । यो चालू आर्थिक वर्षमा तीन लाख मेट्रिक टन धान खरिद गर्ने र त्यसका लागि ३३ करोड रूपैयाँ बजेट बिनियोजन भइसकेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports