विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेकपा एस मंसिर ४ मा समाप्त हुन्छ : अध्यक्ष ओली

702
shares

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेकका राजनीतिक पार्टीहरूमा देश बनाउने र संगठन चलाउने नीति नै नभएको टिप्पणी गरेका छन् । बुधबार झापाको आफ्नै निर्वाचन क्षेत्रमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रश्न गरे, ‘के का लागि अरू पार्टी ? अरु पार्टी कस्ता भएका छन् भने डिलका माथि हुने वित्तिकै लडिहाल्ने खुत्रुक्क हुने’ उनले थपे, ‘किनभने अरू पार्टीहरूसँग देश बनाउने नीति छैन, संगठन र कार्यकर्ता चलाउने नीति छैन । पार्टी भनेको त सम्मृद्ध नेपाल सुखी नेपाली भन्ने नीति हुनुपर्‍यो, जस्तो एमालेको उद्देश्य छ ।’

उनले मंसिरमा हुने निर्वाचनमा एमाले विजयी नभए देश वर्वादीमा जाने भन्दै अन्य पार्टीको भविष्य नभएकाले अरु पार्टीका कार्यकर्ताहरूको आकर्षण एमाले भइरहेको बताए । ‘एस भन्ने त पार्टी नै होइन, माधव नेपालले एकाध मान्छे लिएर पार्टी बनाएका छन् । त्यो पार्टी मंसिर ४ पछि अवसान हुन्छ’, ओलीको भनाइ छ । उनले स्वतन्त्र उम्मेदवारहरूले पनि केही गर्न नसक्ने भन्दै घण्टी बजाउँदै, लौरो टेक्दै आएका स्वतन्त्र हुँ भन्नेहरूलाई उम्मेदवार बन्ने रहर लागेपनि लहड र केटाकेटी खेल जस्तो राजनीति नहुने बताए । उनले चुनावमा गठबन्धन सरकारले जेपनि दुष्कर्म गर्ने सम्भावना रहेको भन्दै लोकतन्त्र विरोधी काम हुन नदिन कार्यकर्तालाई पहरेदारी गर्न आग्रह गरे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports