विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचन पछि पनि गठबन्धनकै सरकार

559
shares

 

काठमाडौ । आगामी मंसिर ४ गतेको निर्वाचन पछि पनि फेरी गठबन्धनकै सरकार निर्माण हुने प्रायः निश्चत रहेको छ । सत्ता गठबन्धनमा रहेका दलहरुका उम्मेदवार भागवण्डाका आधारमा निर्वाचनमा गएका हुनाले कुनै एक दलले मात्र सरकार बनाउन सक्ने सम्भावना देखिएको छैन ।
सत्ता गठबन्धनको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले संघीय संसदको प्रत्यक्षतर्फको १ सय ६५ सिट मध्येको ९१ सिटमा मात्र आफ्ना उम्मेदवार उठाएर निर्वाचन हुनुअघि नै ७४ सिटमा पराजित भईसकेको छ ।
सत्ता गठबन्धनमा रहेको दोस्रो ठुलो दल माओवादी केन्द्रले ४७ स्थानमा उम्मेदवार उठाएको छ भने नेकपा एकीकृत समाजवादीले १८ स्थानमा मात्र आफ्ना उम्मेदवार उठाएकाले गर्दा कुनैपनि दलको बहुमत आउन सक्ने सम्भावना नै छैन । सत्ता गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिल्दा समेत सरकार बनाउन पुग्ने संख्या १ सय ३८ सिट आउन सक्ने सम्भावना समेत न्यून देखिएको छ ।
कांग्रेस, माओवादी र एकीकृत समाजवादीका उम्मेदवारहरुको संख्या जोड्दा जम्मा १ सय ५६ सिट मात्र हुन्छ तर उनीहरुले समानुपातिक तर्फबाट आएकाहरुको संख्याका आधारमा सरकार बनाउन सक्ने सम्भावना देखिन्छ ।
राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैनन् भन्ने कुरा अहिले कांग्रेस र माओवादीको मिलनको पुष्टि गरिसकेको हुनाले निर्वाचनको परिणाम पछि कांग्रेस र एमालेको सरकार समेत निर्माण हुन सक्छ । अहिले पनि कतिपय कांग्रेसजनहरु मओवादीको नाम सुन्न चाहँदैनन तर उनीहरुकै सरकार रहेको छ । दलहरु गठबन्धन गरेर निर्वाचनमा गएका हुनाले प्राय सबै दलहरुमा असन्तुष्टि बढेको छ ।
राजनीतिक दलहरुका लागि आवधिक निर्वाचन सुवर्ण अवसर हो । राजनीतिक दलहरुले आ–आफ्नो हैसियत जनताबाट अनुमोदन गराउनुपर्ने विश्वव्यापी सिद्धान्त भएपनि यस पटक दलहरुले त्यसलाई उल्लंघन गरेर आफ्नो नीति र सिद्धान्तलाई तिलाञ्जली दिँदै नीति सिद्धान्त नै नमिल्ने दलहरुले गठबन्धन गरेका हुनाले चुनावमा जनतामा उत्साह देखिएका छैनन् ।
यस पटकको निर्वाचनले कुन दलको हैसियत जनतामा कस्तो रहेछ भनेर परिक्षण सम्म गर्न सक्ने अवस्था देखिएको छैन । नेकपा एमालेले १ सय ६५ सिट मध्येमा २४ सिटमा मात्र तालमेल गरेको छ । उसले सत्ता गठबन्धनको जस्तो मुलुकभरमै तालमेल नगरेको हुनाले अन्य दलको तुलनामा एमालेको हैसियत भने केही बढी मात्रमा देखिने प्रष्ट भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports