kumari
stcnepal

चितवनका माओबादीका बागी उम्मेदवार एमालेमा प्रवेश

चितवन। नेकपा माओवादी केन्द्रमा लामो समयसम्म योगदान गरेका गायक एवं चितवन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका प्रतिनिधिसभा सदस्य उम्मेदवार हरि योञ्जन नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रमा परिवारवाद हावी भएको र न्यूनतम कम्युनिष्टको चरित्र पनि नभएकोले आफूले माओवादी छाडेको योञ्जनले बताएका छन् ।

योञ्जनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले भरतपुरमा आयोजना गरिएको एक कार्यक्रममा स्वागत गरेका हुन् । एमाले प्रवेश गरेका योञ्जनले चितवन-३ मा एमालेको समर्थनमा माछा चिन्ह लिएर उम्मेदवार बनेका दिनेश कोइरालालाई सर्मथन गर्दै उम्मेदवारी निष्कृय पारेका छन् । माओवादी भित्र राजनीतिका नाममा लुटपाट मात्रै गरेको भन्दै योञ्जनले सच्चा कम्युनिष्टहरु एमालेमा गोलबद्ध हुन आग्रह गरे ।

‘माओवादी केन्द्र एउटा आउटडेटेड शक्ति हो, यसको राजनीतिक भविष्य छैन्, यसले जनताका एजेण्डा बोक्न पनि सक्दैन्’ योञ्जनले भने ‘माओवादी नेपालको राजनीतिलाई कहिल्यै स्थीरता हुन नदिन लागि परेको छ यस्ता च्याँखे दलको काम छैन ।’ उनले माओवादी अब खिइएर सकिँदै जाने अवस्थामा पुगेको बताए । माओवादीले हजारौं सहिद, घाइते र बेपत्ताहरुको सपनाको हत्या गरेको उनको भनाइ छ ।

footer