विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चितवनका माओबादीका बागी उम्मेदवार एमालेमा प्रवेश

585
shares

चितवन। नेकपा माओवादी केन्द्रमा लामो समयसम्म योगदान गरेका गायक एवं चितवन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका प्रतिनिधिसभा सदस्य उम्मेदवार हरि योञ्जन नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रमा परिवारवाद हावी भएको र न्यूनतम कम्युनिष्टको चरित्र पनि नभएकोले आफूले माओवादी छाडेको योञ्जनले बताएका छन् ।

योञ्जनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले भरतपुरमा आयोजना गरिएको एक कार्यक्रममा स्वागत गरेका हुन् । एमाले प्रवेश गरेका योञ्जनले चितवन-३ मा एमालेको समर्थनमा माछा चिन्ह लिएर उम्मेदवार बनेका दिनेश कोइरालालाई सर्मथन गर्दै उम्मेदवारी निष्कृय पारेका छन् । माओवादी भित्र राजनीतिका नाममा लुटपाट मात्रै गरेको भन्दै योञ्जनले सच्चा कम्युनिष्टहरु एमालेमा गोलबद्ध हुन आग्रह गरे ।

‘माओवादी केन्द्र एउटा आउटडेटेड शक्ति हो, यसको राजनीतिक भविष्य छैन्, यसले जनताका एजेण्डा बोक्न पनि सक्दैन्’ योञ्जनले भने ‘माओवादी नेपालको राजनीतिलाई कहिल्यै स्थीरता हुन नदिन लागि परेको छ यस्ता च्याँखे दलको काम छैन ।’ उनले माओवादी अब खिइएर सकिँदै जाने अवस्थामा पुगेको बताए । माओवादीले हजारौं सहिद, घाइते र बेपत्ताहरुको सपनाको हत्या गरेको उनको भनाइ छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports