विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ठुला दलका नेतालाई मतदान नगर्न डा. गोविन्द केसीको मतदातालाई आग्रह

637
shares

काठमाडौँ – डा. गोविन्द केसीले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई आगामी निर्वाचनमा भोट नदिन मतदाताहरु समक्ष आह्वान गरेका छन्। मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै डा. केसीले प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललगायत शीर्ष नेताहरुलाई भोट नदिन आग्रह गरेका हुन्।

उनले शीर्ष नेताहरुले देश र जनतालाई धोका दिएको बताए। शीर्ष नेताहरुले राजनीतिलाई भ्रष्टीकरण र अपराधीकरण गरेको उनले आरोप लगाए। शीर्ष नेताहरुले भ्रष्टाचार, अपराध, अक्षमता र तानाशाही प्रवृत्ति भएकाहरुलाई चुनावमा उम्मेदवार बनाएर इमान्दारिताको राजनीति गर्नेहरुलाई पाखा लगाएको पनि उनले उल्लेख गरे। डा. केसीले पुरानै नेताहरुको हालिमुहालीका कारण देश विगत पाँच वर्षमा दशौँ वर्ष पछाडि धकेलिएको बताए।

उनले आफ्नो प्रतिनिधि चयन गर्दा अघिल्लो निर्वाचनमा जस्तो गल्ती नगर्न पनि मतदाताहरुलाई आग्रह गरे। उनले सबै पार्टीमा राम्रो नेताहरु पनि भएकाले राम्रो नेतालाई मात्रै छानेर भोट दिन आग्रह गरे। उनले भने, ‘ओली, देउवा र प्रचण्ड लगायत ठूला दलका नेताहरु आम मानिसलाई राहत दिन हैन, ठग ठेकेदार र अपराधीहरु बाट अर्बौं असुली गर्दै तिनलाई चुनावको उम्मेदवार बनाउने र तिनकै बलमा सत्ताको रजाइँ गर्ने होडमा छन्। विदेशमा श्रम गरेर देशको अर्थतन्त्र धान्ने नागरिकहरु मताधिकार बाट वञ्चित छन्।

जसको भ्रष्टाचार, अपराध, अक्षमता र तानाशाही प्रवृत्ति प्रमाणित भएको छ, त्यस्ता उम्मेदवारहरुलाई चुनावमा नहराएसम्म यो देशको राजनीति संग्लिने छैन। शीर्षस्थ नेता, देश, जनतालाई धोका दिने, जनताको विश्वासघात गर्ने नेताहरुलाई भोट नहाल्नु होला।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports