विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

उदयपुरमा सत्तागठबन्धका ७० भन्दा बढी नेता तथा कायॅकता एमालेमा प्रवेश, गठबन्धनलाई झडका

663
shares

उदयपुर ।नर्वाचनको मिति नजिकिँदै गर्दा उदयपुरको क्षेत्र नम्बर २ मा लोकतान्त्रिक–वामगठबन्धनलाई कार्यकर्ता जोगाउन मुस्किल परेको छ । संगठन र जनाधार नै नभएको पार्टीका नेतालाई केन्द्रीय नेतृत्वले जवरजस्त उमेदवार बनाएपछि गठबन्धन भित्रको विवाद उत्कर्षमा पुगेको हो । विवाद बढ्दै गएपछि गठबन्धनका कार्यकर्ता धमाधम पार्टी परित्याग गर्दै एमालेमा प्रवेश गरेका छन् ।

मंगलबार कटारी नगरपालिका वडा नम्बर २ गरासमा आयोजित चुनावी सभामा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका गरी ७० जना नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेको नेकपा एमालेका जिल्ला कमिटी उपाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र बाट उम्मेदवार बनेका उत्तमकुमार श्रेष्ठको नेतृत्वमा प्रवेश गरेको हो । त्यसैगरी नेपाली काँग्रेसका लक्ष्मण अधिकारी, तेजबहादुर अधिकारी, लिलबहादुर खड्का लगायतका कार्यकर्ता प्रवेश गरेको कटारी नगर कमिटीका अध्यक्ष संजिव कार्कीले बताए ।

नवप्रवेशीहरुलाई पार्टीका प्रदेश कमिटी सचिवालय सदस्य बेदप्रसाद पोखरेल, क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उमेदवार अम्बरबहादुर रायामाझी, प्रदेश कमिटी सदस्य तथा पुर्वमन्त्री कला घले, गोपाल खत्री, डा. बाबुराम थापा, जिल्ला उपाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, प्रदेश ‘ख’ का उमेदवार जिवनाथ दाहाल लगायतका नेताले अविर लगाएर स्वागत गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका उमेदवार रायमाझीले भौगोलिक विकटताले ढाकेको क्षेत्र नं २ को विकासलाई आगामी पाँच वर्ष भित्र हराभरा बनाईने बताए । उनले समृद्ध नेपाल र सुखी नेपालीको महान लक्ष्यलाई रोक्ने प्रयास गरेको गठबन्धनलाई जनताले आगामी निर्वाचनमा धुलो चटाउने बताए । उनले भने, ‘गठबन्धनको दाउ खाली नेकपा एमालेलाई कसरी कमजोर बनाउन सकिन्छ भन्ने दाउ छ, अर्कोलाई कमजोर बनाउन खोज्दा आफु कमजोर रहेको पत्ता नै पाउन सकेको छैन् ।’

प्रदेश ‘ख’ का उमेदवार जिवनाथ दाहालले नेकपा एमालेले मुलुकको समृद्धी सँगै राष्ट्र र राष्ट्रियताको सवालमा खेलेको भुमिकाकै कारण मंसिर ४ गतेको निर्वाचन एमालेको पक्षमा रहेको बताए । गठबन्धनका नाममा कायकर्ताको भावना विपरित पार्टी केन्द्रीय नेतृत्वले जवरजस्त भागबण्डा गर्दै नेकपा एसका नेतालाई उमेदवार बनाएपछि चरम असन्तुष्टि देखिएको छ । यसअघि कटारी नगरपालिका ७ का गठबन्धनका १७ जना कार्यकर्ताले माओवादी र काँग्रेस त्याग्दै एमालेमा प्रवेश गरेका थिए ।

उनीहरुले स्थानीय तहको निर्वाचनमा कटारीमा गठबन्धन फुटाएर काँग्रेसका मेयर पदका उम्मेदवार राजेशचन्द्र श्रेष्ठलाई हराउन स्वतन्त्र उम्मेदवार उठाएको र उपमेयरमा माओबादी केन्द्रका उम्मेदवार पार्टी अध्यक्ष विनोद कटवाल (दिवस)लाई हराउन आफ्ना उम्मेदवार खडा गर्नेलाई नै गठबन्धन बाट टिकट दिइएकाले सहयोग गर्न नसकिने भन्दै विकल्प रोजेको बताएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports