विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओबादी केन्द्रका प्रदेश उपाध्यक्ष पार्टीबाट निष्काशित

624
shares

काठमाडौं ।नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश उपाध्यक्ष वीरबहादुर खत्रीलाई पार्टीबाट निष्कासन गरेको छ । सत्ता गठबन्धनका उम्मेदवार माओवादी शीर्ष नेता वर्षमान पुन र काँग्रेस नेता अमरसिंह पुन विरुद्ध भोट माग्दै हिँडेपछि खत्रीलाई पार्टी बाट निकालिएको माओवादी केन्द्र रोल्पाका एक जना पदाधिकारीले बताए ।

सत्ता गठबन्धनका बागी उम्मेदवार स्वतन्त्र उम्मेदवार दीपेन्द्र पुन ’सिजल’ लाई भोट मागेपछि उपाध्यक्ष खत्रीलाई माओवादी केन्द्रको लुम्बिनी प्रदेश कमिटीले कारबाही गरेको हो । ‘रोल्पाका आधिकारिक उम्मेदवारका विरुद्ध प्रचारप्रसार गरेको आधिकारिक प्रमाण यस प्रदेश कार्यालयमा आएकोले नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशका उपाध्यक्ष कमरेड वीरबहादुर खत्रीलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

गंगादेव गाउँपालिकाको अध्यक्ष हुँदा विवादित छबि बनाएका खत्री माथि फरक फरक नाममा दुई वटा नागरिकता लिएको आरोप समेत लाग्दै आएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports