kumari
stcnepal

माओबादी केन्द्रका प्रदेश उपाध्यक्ष पार्टीबाट निष्काशित

काठमाडौं ।नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश उपाध्यक्ष वीरबहादुर खत्रीलाई पार्टीबाट निष्कासन गरेको छ । सत्ता गठबन्धनका उम्मेदवार माओवादी शीर्ष नेता वर्षमान पुन र काँग्रेस नेता अमरसिंह पुन विरुद्ध भोट माग्दै हिँडेपछि खत्रीलाई पार्टी बाट निकालिएको माओवादी केन्द्र रोल्पाका एक जना पदाधिकारीले बताए ।

सत्ता गठबन्धनका बागी उम्मेदवार स्वतन्त्र उम्मेदवार दीपेन्द्र पुन ’सिजल’ लाई भोट मागेपछि उपाध्यक्ष खत्रीलाई माओवादी केन्द्रको लुम्बिनी प्रदेश कमिटीले कारबाही गरेको हो । ‘रोल्पाका आधिकारिक उम्मेदवारका विरुद्ध प्रचारप्रसार गरेको आधिकारिक प्रमाण यस प्रदेश कार्यालयमा आएकोले नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशका उपाध्यक्ष कमरेड वीरबहादुर खत्रीलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

गंगादेव गाउँपालिकाको अध्यक्ष हुँदा विवादित छबि बनाएका खत्री माथि फरक फरक नाममा दुई वटा नागरिकता लिएको आरोप समेत लाग्दै आएको छ ।

 

footer