प्रकाशमान सिह हराउने रणनितिमा साथ काठमाडौं क्षेत्र १ का उम्मेदवार डम्बर साहुले गरे उम्मेदवारी निस्कृय रबिन्द्र मिश्रलाई समर्थन
वि.सं.२०७९ मंसिर १ बिहीवार १४:४१
shares

काठमाडौं ।काठमाडौं-१ का लौरो अभियानका उम्मेदवार डम्बर साहुले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार प्रकाशमान सिंहलाई हराउने उद्देश्यका साथ साहुले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरेका छन् ।
उनले उम्मेदवारी निष्क्रिय पार्दै पहिलो नम्बरमा रवीन्द्र मिश्र, दोस्रोमा रमेश खरेल, तेस्रो किरण पौडेल र चौथो पुकार बमलाई समर्थन गर्ने जनाएका छन् । १५ वर्ष सम्म यही क्षेत्र बाट जितेपनि कुनै उल्लेख्य काम गर्न नसकेको कारणले नेता सिंहलाई हराउनैपर्ने उनको भनाइ छ । उनले नेता सिंहलाई हराउर्नैपर्ने १० कारण समेत दिएका छन् ।




































