विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पैसा बाडेको प्रमाणित गर्न एमालेको चुनौती

650
shares

काठमाडौं ।काठमाडौं क्षेत्रनं. ५ मा सत्ता गठबन्धनले राज्यशक्तिको दुरुपयोग गरी नातण्डव नृत्य देखाएको छ । नेकपा (एमाले) काठमाडौं जिल्ला अध्यक्ष तथा सो क्षेत्रका प्रदेशसभा सदस्य समेत रहेका दीपक निरौलालाई केही हुल्याहाहरूले अनावश्यक आरोप लगाउदै बेइज्जत गर्नु यसको उदाहरण भएको एमालेले बताएको छ ।

काठमाडौँ क्षेत्र नम्बर ५ निर्वाचन परिचालन कमिटीकी संयोजक शान्ति अधिकारीले एक विज्ञप्ति जारी गर्दै निरौला र डंगोल बुढानीलकण्ठमा लामो समयदे खि क्यान्सर रोग बाट पीडित पार्टीका शुभेच्छुक तोक्तान लामाको स्वास्थ्य अवस्था बारे जानकारी लिन गएको जानकारी दिनुभएको छ। विज्ञप्तिमा भनिएको छ, ‘राज्य संयन्त्रको दुरुपयोग गर्दै प्रहरी बोलाउने र पैसा बाँडेको भनी बदनाम गराउने जस्ता घृणित कार्य गरिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । पार्टी शुभेच्छुक समेत रहनुभएका आफ्नै छिमेकीलाई भेट्न जाँदा गरिएको यस्तो हर्कतको हामी भर्त्सना गर्न चाहन्छौँ ।’

उहाँले प्रहरी प्रशासनको समेत दुरुपयोग गरिएकोमा यसको छानबिन गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कुनै तथ्य प्रमाणबिना गैरराजनीतिक कुरा गरी चरित्र हत्या गर्ने र चुनावी माहौल अन्तै मोड्ने हिसाबले यस घटना गरिएको छर्लंङ्ग छ । हामी आरोप लगाउनेहरूलाई पुष्टि गर्ने सबुद प्रमाण भए सप्रमाण आउन चुनौती दिन चाहन्छौँ । साथै, यस्ता घृणित, अराजनीतिक र हारको मानसिकताले चरित्रहत्या गर्न रचिएको योजनाबद्ध घटना बाट प्रभावित नहुन समस्त मतदाता, शुभचिन्तक र पार्टी कार्यकर्ताहरूमा अपिल गर्न चाहन्छौँ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports