आज राती ९ बजे बाट मतगणना सुरु हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया
वि.सं.२०७९ मंसिर ४ आइतवार १०:१९
shares

काठमाडौं ।प्रदेश सभा र प्रतिनिधि सभा सदस्यका लागि आज भएको निर्वाचनको मतगणना आज राति बाटै सुरु हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं लगायत तराईका जिल्लाहरु आज राति ९ बजे बाट नै मत गणना शुरु गरिने जानकारी दिएका हुन् ।
आज बिहान भक्तपुरको युनिक नेपाल एकेडेमी केन्द्र बाट मतदान गरेपछि सञ्चारकर्मी सँग कुरा गर्दै थपलियाले भने, ‘आज ५ बजे मतदान कार्य सम्पन्न हुना साथ सबै मतपेटिकाहरु संकलन गर्ने कार्य प्रारम्भ हुन्छ, ७ बजे सम्म मतपेटिका संकलन गर्ने र एक घण्टा छलफल गरेर आजै राति ९ बजे देखि मतगणना कार्य प्रारम्भ हुनेछ ।’
हिमाली जिल्लामा भने मतपेटिकाहरु आज नै जम्मा गर्न नसकिने भएकाले भोलि बिहान ५ बजे बाट नै मतगणना सुरु गर्ने बताए । निर्वाचनमा ७० प्रतिशत भन्दा बढी मतदान हुनेमा आयोग विश्वस्त रहेको बताए । उनले प्रत्यक्ष तर्फको नतिजा आगामी ८ दिन भित्रमा प्रकाशित गर्ने बताए । उहाँले मंसिर २२ गते भित्र सबै नतिजा राष्ट्रपतिलाई बुझाइने जानकारी दिए ।
सुरक्षा, व्यवस्था, मतदान केन्द्रमा गरिएको सम्पूर्ण व्यवस्था चुस्त बनाइएको भन्दै ढुक्क भएर मत खसाल्न आह्वान गरे ।





































