विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

देशभरमा अहिले सम्म ४६ % मतदान : गृहसचिव सिहं

1.33K
shares

काठमाडौं ।गृहसचिव विनोदप्रकाश सिंहले हाल सम्म देशभर ४६ प्रतिशत सम्म मतदान सम्पन्न भएको बताएका छन्। आइतबार दिउँसो काठमाडौं उपत्यकाका (काठमाडौं, भक्तपुर, ललितपुर) का विभिन्न मतदान स्थलको अवलोकन गर्दै उनले देशभर ४६ प्रतिशत सम्म मतदान सम्पन्न भएको जानकारी आएको बताए। उनले अहिले सम्म शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान भइरहेको पाएको बताए।

उनले मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान पुनः सुरू गराउन पहल गरिरहेको र कतिपय स्थानमा पुनः सुरू भइसकेको बताए। गृहसचिव सिंहले निर्वाचन साम ग्री, निर्वाचन कर्मचारी, मतदाताहरू र उम्मेदवारलाई कुनै पनि किसिमको भौतिक क्षति अहिलेसम्म नपुगेको बताए।उनले मतपेटिका ढुवानीका लागि आवश्यकता अनुसारका सवारी साधन तैनाथ राखिएको पनि बताए।

उनले भने, ‘शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान भइरहेको हामीले पाइरहेका छौं। मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान पुनः सुरू गराउन हामीले व्यवस्था गरिरहेका छौं। निर्वाचन सामग्री, निर्वाचन कर्मचारी र मतदाताहरू र उम्मेदवारलाई कुनै पनि किसिमको भौतिक हानी पुगेको छैन। हामीले सुरक्षा व्यवस्था कडा बनाएका छौं। ४६ प्रतिशत सम्म मतदान भएको भन्ने जानकारी आएको छ। मतपेटिका ढुवानीका लागि आवश्यकता अनुसारका सवारी साधन तैनाथ राखिएको छ।’

सचिव सिंहसहितको प्रमुख सुरक्षा अधिकारीहरूको टोलीले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न मतदान केन्द्रहरूको स्थलगत अवलोकन गरेका छन्। निरीक्षणका क्रममा मतदान स्थलमा मतदाताहरूले उत्साहित तवर बाट मतदान गरिरहेको पाएको बताए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports