विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दोलखाका १० मतदान केन्द्रमा आज मतदान

533
shares

दोलखाका १० वटा मतदान केन्द्रमा आज पुनः मतदान हुँदैछ। वैतेश्वर गाउँपालिका वडा नम्बर ६ वैतेश्वर मावि मतदान केन्द्र क,ख र ग मा आज पुनः मतदान हुन लागेकाे हाे । त्यस्तै सोही पालिका वडा नम्बर २ जनज्योति माविका दुई मतदान केन्द्र र तामाकेशी गाउँपालिका ३ जफे हेल्थपोष्ट मतदान केन्द्रका दुई बुथमा पनि पुनः मतदान हुँदैछ। बैतेश्वरकै कालिढुंगा माविका क, ख र ग सहित १० मतदान केन्द्रमा पुनः मतदान शुरु हुँदैछ ।यसैबीच मतदानमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मंसिर ४ गतेको निर्वाचनमा बुथ कब्जा भएका बुथमा हुन गइरहेको निर्वाचनमा अवरोध सिर्जना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको हो।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र म्यादी प्रहरी निर्वाचन सुरक्षाका लागि तैनाथ गरिसकिएको प्रहरीले जनाएको छ। निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भय रहित र विश्वसनीय बनाउन सबै सुरक्षा व्यवस्था चुस्त पारिएकाले निर्धक्क भएर मतदान गर्न प्रशासनले अपिल गरेको छ। जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता राजेश सिग्देलले पुनः मतदानमा ४ सय सुरक्षाकर्मी परिचालन गरिएको बताए। ’यसअघि बुथ कब्जा भएका ठाउँमा अब फेरि बुथ कब्जा हुँदैन, निर्धक्कका साथ मत हाल्न आउनुस् भनेर विश्वस्त दिलाउन चाहान्छौ’, उनले भने।कानुन भन्दा बाहिर गएर कुनै गतिविधि भए तत्काल पक्राउ गरि कारवाही गरिने उनले बताए।

प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले पुनः मतदानमा यसअघि खटिएका सुरक्षाकर्मी भन्दा तीन गुण बढी सुरक्षाकर्मी परिचालन गरिसकिएको बताए। उनले पुनः मतदान हुने क्षेत्र पुरै सिल गरिएको पनि बताए। निर्वाचनलाई भयरहीत बातावरणमा सम्पन्न गर्न र डर क्रास रहित बनाउन आफ्नो तर्फ बाट कुनै कशर बाँकि नराखिएको उहाँको भनाई छ । बुथ कब्जा भएका दोलखाको वैत्यश्वर गाउँपालिका ६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माद्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, वैत्यश्वर वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रको क, ख, ग, तामाकोसी गाउँपालिका ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख आज पुनःमतदान हुँदैछ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports