kumari
stcnepal

आज बिहान सम्ममा पनि पुगेन एकीकृत समाजवादीको थ्रेसहोल्ड कटाउने मत

प्रतिनिधिसभा समानुपातिकमा नेकपा एमालेले २७ लाख २२ हजार ८३३ मत पाएको छ ।बिहीवार बिहान सम्म १ करोड १ लाख ७५ हजार ८९५ मतगणना हुँदा नेपाली कांग्रेसले २५ लाख ८६ हजार ६८० मत पाएको छ । नेकपा माओवादी केन्द्रले ११ लाख ५३ हजार ५१६ मत पाएको छ ।

समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ४ हजार ७९० मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७९ हजार ४०६ मत, जनता समाजवादी पार्टीले ४ लाख ८ हजार ९६४ मत र जनमत पार्टीले ३ लाख ७६ हजार २११ मत पाएका छन् ।

नेकपा एकीकृत समाजवादीले समानुपातिकमा ३ लाख मत पुर्‍याउन सकेको छैन । एकीकृत समाजवादीले हाल सम्म २ लाख ९० हजार १९९ मत पाएको छ । नागरिक उन्मुक्ति पार्टीले २ लाख ६८ हजार ४३९ मत पाएको छ भने लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ४९ हजार ८३२ मत पाएको छ ।

footer