सुनसरी ४ बाट कांग्रेसका उम्मेदवार कार्की विजयी
वि.सं.२०७९ मंसिर १५ बिहीवार १३:५२
shares

सुनसरी । सुनसरी क्षेत्र नम्बर–४ बाट नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन । सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका कार्की प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।
उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उमेदवार जगदीशप्रसाद कुसियैतलाई ११२ मतान्तरले पराजित गरे । कार्की लगातार दोस्रोपटक विजयी भएका हुन् । बिहीबार बिहान सार्वजनिक अन्तिम मतपरिणामानुसार कार्कीले ३० हजार ४८३ मत ल्याए । कुसियैतले ३० हजार ३७१ मत पाए ।
०७४ सालको निर्वाचनमा कार्कीले एमालेका रमेश श्रेष्ठलाई भारी मतान्तरले हराएका थिए । योपटक झिनो मतान्तरले विजयी भए । सुनसरी ४ मा धाधली भएको भन्दै कार्कीले उजुरी गरेपछि निर्वाचन आयोगले रोकेर केही दिनपछि गणना सुरु गरेको थियो ।



































