कश्मीरका नेता गिलानीको निधन
वि.सं.२०७८ भदौ १७ बिहीवार ०९:५५
shares

काठमाडौं । कश्मीरका नेता सैयद अली शाह गिलानीको बुधबार राति निधन भएको छ । ९१ वर्षीय गिलानी अल पार्टी हुर्रियत कन्फरेन्सका अध्यक्ष थिए । पीडीपीका नेता महबुबा मुफ्तीले सामाजिक सञ्जालमा गिलानीको निधन भएको जानकारी दिएका छन् ।
गिलानीको निधनसँगै कश्मीरमा केही प्रतिबन्धहरु थपिएको कश्मीरका आईजीपी विजय कुमारले जानकारी दिएको भारतीय सञ्चार माध्यमहरुले खबर लेखेका हुन् । अहिले कश्मीरमा इन्टरनेट सेवा पनि बन्द गरिएको छ ।


































