विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जनआन्दोलनका घाइतेलाई गण्डकी प्रदेश सरकारको निःशुल्क उपचार, मनाङका बाढी पीडितलाई २ लाख

832
shares

काठमाडौँ ।
गण्डकी सरकारले जनयुद्ध र जनआन्दोलनका घाइतेको निःशुल्क उपचार गर्ने भएको छ । प्रदेश सरकार मातहत रहेका अस्पतालबाट सामान्य उपचार निःशुल्क गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्काले जनाए । यसका लागि प्रदेश सरकारले जिल्ला अस्पतालहरुलाई बजेटको व्यवस्था गरेको छ । मन्त्रिपरिषदको भदौ १३ गते बसेको बैठकले जनयुद्ध र जनआन्दोलनका घाइते, अपाङ्ग, बेपत्ता र शहिद परिवारको निःशुल्क उपचार गर्न जिल्ला अस्पतालहरुलाई तत्काल बजेट पठाउने निर्णय गरेको छ ।

जसअन्तर्गत मनाङ र मुस्ताङ जिल्ला अस्पताललाई तत्काल एक÷एक लाख रुपैयाँ उपलब्ध गराउने भएको छ भने बाँकी ९ वटा जिल्ला अस्पताललाई २ लाख ५० हजार रुपैयाँका दरले पठाउने निर्णय गरेको छ । जनयुद्ध र जनआन्दोलनका घाइतेको उपचार गर्न तत्कालका लागि उक्त रकम पठाउने निर्णय गरेको बताउँदै प्रवक्ता खड्काले आवश्यकताअनुसार जिल्ला अस्पतालले थप रकम माग गर्न सक्ने बताएका छन् । उपचार खर्चका लागि बजेटको लिमिटेसन तोकेका छैनौं, आवश्यकताअनुसार जिल्ला अस्पतालले माग गर्न सक्छन्,’ उनले भने, ‘सामान्य उपचारभित्र के–के समस्याको उपचार गर्ने स्वास्थ्य मन्त्रालयले कार्यविधि बनाएर परिभाषित गर्छ । जनयुद्ध र जनआन्दोलनका घाइते, अपाङ्ग, शहिद र बेपत्ता परिवारको उपचार गर्न प्रदेश सरकारले परिचय पत्र वा प्रमाणपत्रको व्यवस्था समेत गर्ने भएको छ । सरकारले दिएको परिचय पत्र वा प्रमाण पत्रका आधारमा उपचार गरिने मन्त्री खड्काले जनाएका छन् । प्रदेश सरकारले गत साउन ४ गते नै जनयुद्ध र जनआन्दोलनका घाइतेको उपचार गर्न अवधारणा पत्र ल्याएको थियो ।

सरकारले मनाङमा यस बर्ष बाढी र पहिरोले क्षति पु¥याएको परिवारलाई राहत रकम दोब्बर दिने निर्णय गरेको छ । कार्यविधिमा बाढी र पहिरो जस्ता प्राकृतिक विपत्तिका कारण घर गुमाएका परिवारलाई १ लाख रुपैयाँ दिने उल्लेख छ ।
मनाङमा सडक संजालसमेत टुटेको भन्दै मन्त्रिपरिषदले थप १ लाख गरी २ लाख रुपैयाँ दिने निर्णय गरेको प्रवक्ता खड्काले बताएका छन् । यस्तै मन्त्रिपरिषद बैठकले अघिल्लो सरकारले ठेक्का लगाएर छाडेका विभिन्न योजना अघि बढाउने निर्णय गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports