प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दशैं तिहारमा चीनीको हाहाकार हुने

767
shares

काठमाडौ । प्रत्येक वर्ष सरकारले भन्सार छुटमा चीनी आयात गर्न अनुमति दिँदै आएकोमा यो वर्ष सरकारले ढिलासुस्ती गर्दा नेपालीहरुको महान् चाडपर्व दशैं र तिहार छट पर्वमा चीनीको हाहाकार हुने पक्कापक्की भएको छ । अहिले नै निजी क्षेत्रका व्यापारीहरुले चीनीको अभाव भएको भन्दै चीनीको मल्य बढाईसकेका छन् भने अहिले चीनीको मूल्य ८५ देखि १०० रुपैँयामा बजारमा विक्रि वितरण हुँदै आएकोमा चार्डवाडको बेला अरु मुल्य बढेन निश्चित भएको छ । चीनीको अभाव हुन नदिन र बजारमा मूल्य नियन्त्रण गर्न अर्थ मन्त्रालयले सरकारी स्वामित्व कम्पनीलाई भन्सार छुटमा चीनी आयात गर्न अनुमति दिँदै आएकोमा अहिले अर्थ मन्त्रालयले ढिलासुस्ती गरिरहेको छ । बाणिज्य तथा आपूर्ति मन्त्रालयले निकै पहिला चीनी आयात र भन्सार छुटका सम्बन्धमा अर्थमा पत्र पठाएको भए पनि अर्थ मन्त्रालयले आजसम्म कुनै निर्णय गरेको छैन । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ्ग कर्पोरेशनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मार्फत भन्सार छुटको चीनी आयात गर्न अनुमति मागेका थिए । दशैं र तिहारमा चीनी धेरै खपत हुने गरेको छ भने स्वदेशी उद्योगको उत्पादनले नपुग्ने भएकाले प्रत्येक वर्ष भन्सार छुटमा चीनी आयात गरी विक्रि वितरण गर्ने गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ५० हजार मेट्रिकटन भन्सार छुटमा चीनी आयात गर्न अर्थ मन्त्रालयसँग स्वीकृत मागेको भएपनि अर्थ मै फाइल रोकिएको छ । दशैं तिहार आउन अब करिब ४५ दिन बाँकी रहेकोले टेण्डर प्रक्रिया पूरा गरेर चीनी आयात हुन सक्ने अवस्था देखिँदैन, यदि अर्थले अनुमति दिएपनि फास्ट ट्रयाकबाट चीनी आयात हुनुपर्ने अवस्था अर्थ मन्त्रालयले सिर्जना गरिदिएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशनसँग अब २ सय मेट्रिकटन चीनी मात्र बाँकी रहेको छ । साल्टले अहिले ७९ रुपैँया ५० पैसामा चीनी विक्रि वितरण गरिरहेको भएपनि बजारमा चीनीको मूल्य ८५ देखि १०० सम्ममा विक्रि हुँदै आएको छ ।
सरकारले चीनीमा ४० प्रतिशत भन्सार लगाएको छ । छुट हुँदा २० प्रतिशतमा आउने भएकाले जनताले केही राहत पाउने गरेका थिए । तर शेर बहादुर देउवा नेतृत्वको सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री नै नियुक्त नगरेको र स्वयम् प्रधानमन्त्रीले त्यो मन्त्रालय समालेको भएपनि जनताको समस्यामा देउवा सरकारको ध्यान गएको छैन ।

साल्ट ट्रेडिङ्गसँग चीनी सकिएको र आयातका लागि अनुमति नपाएको हुनाले बजारमा मूल्य बढ्दै गएको छ । अब तत्काल चीनी आयातको अनुमति नपाएको खण्डमा दशैं, तिहारमा चीनीको हाहाकार हुने निश्चित जस्तै भएको छ । अब नियमित प्रक्रिया ट्रेण्डरबाट चीनी आयात गर्न असम्भव हुँदै गएकाले तत्काल चीनी ल्याउन साल्टलाई अनुमति दिनुपर्ने आवश्यकता देखिन्छ । कर छुटमा चीनी आयात हुँदा मूल्यमा नियन्त्रण हुदै आएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports