पत्रकार माथि हातपात र धम्कीको घटनामा संम्लगनलाई कारबाही गर्न पत्रकार महासंघको माग
वि.सं.२०७९ मंसिर २६ सोमवार १६:२९
shares

काठमाडौं ।नेपाल पत्रकार महासंघले पत्रकार माथि भएका दुर्व्यवहार, हातपात र धम्कीका घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ । समाचार संकलनका क्रममा बाँके र चितवनका पत्रकार माथि भएको दुव्र्यवहार, हातपात र धम्कीका घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै महासंघले उक्त घटनामा संलग्नलाई कानुनी कारबाही गर्न माग गरेको हो ।
‘नागरिकलाई सुसूचित गराउने संवैधानिक दायित्व निर्वाहमा जुटेका पत्रकार माथि भएको दुर्व्यवहार, हातपात र धम्कीका घटना प्रेस स्वतन्त्रता विरोधी हर्कत हुन्,’ महासंघ महासचिव रोसन पुरीले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महासंघ प्रेस स्वतन्त्रता विरोधी यस्ता कार्यको कडा शब्दमा भत्र्सना गर्दछ ।’
साथै घटनामा संलग्न जो कोही भए पनि कानुनी दायरा ल्याउन र पत्रकारलाई निर्वाध र निर्भिक रूपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकाय सँग माग गरिएकाे छ ।





































