जसपाको राजनितिक समितिको बैठक आज बस्दै, सरकारमा जाने नजाने निर्णय आजै हुने
वि.सं.२०७९ पुस १८ सोमवार ०८:१४
shares

काठमाडौँ – जनता समाजवादी पार्टी(जसपा) नेपाललेकाे राजनीतिक समितिको बैठक साेमबार बस्दैछ। आज बिहान ११ बजे ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बैठक बस्ने जसपाका एक नेताले जानकारी दिए।
ती नेताका अनुसार जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’काे नेतृत्वकाे सरकारमा सहभागी हुने/नहुने बारेमा छलफल गर्नका लागि उक्त बैठक बाेलाएकाे हाे। भाेलि मंगलबार सम्म चल्ने बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रममा समेटिनुपर्ने पार्टीका मुद्धा र सरकारमा सहभागिता जनाउने बारे निर्णय गर्ने हुनेछ।
शनिबारको कार्यकारिणी समितिको बैठकले सरकारमा जाने विषय टुंगो लगाउने जिम्मा राजनीतिक समितिलाई दिएको थियो। त्यसबाहेक चुनावको समीक्षा, विधान अधिवेशन र दलहरू सँग एकताका लागि वार्ता समिति गठन लगायतका एजेण्डा पनि छन्।





































