kumari
stcnepal

काग्रेसले समय मागेपछि प्रतिनिधि सभाको बैठक आज १ बजेका लागि सारियो

काठमाडौं ।नेपाली कांग्रेसले विस्वासको मत बारे छलफल लम्बिने भन्दै बैठक सार्न आग्रह गरेपछि प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे सम्मका लागि सारिएको छ । विहान ११ बजे बस्ने भनिएको बैठक कांग्रेस संसदीय दलका बैठकहरूका कारण पछि सारिएको हो ।

प्रतिनिधिसभाका सचिव गोपीनाथ मैनालीले नेपाली कांग्रेसको संसदीय दलको बैठक बसिरहेको र निर्णय आउन ढिला हुनेभन्दै ज्येष्ठ सदस्य पशुपति शमशेर राणालाई समय चाहियो भनेपछि दिउँसो १ बजेका लागि सार्ने निर्णय भएको छ जानकारी दिए ।

कांग्रेस भित्र दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्नेमा विवाद भइरहेको छ ।सभापति शेरबहादुर देउवा विस्वासको मत दिने पक्षमा देखिएका छन भने महामन्त्रीद्वय प्रतिपक्षमा बस्नुपर्ने अडानमा रहेका छन् । मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने कार्यसूची छ ।

footer