सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुदूरपश्चिममा भीम रावल होइन अब माधव नेपाल

507
shares

काठमाडौँ ।
जेठ २५ गते सुदुरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिँदै गर्दा नेकपा एमालेभित्र अन्तरसंघर्ष चुलिएको थियो । केन्द्रको दबाबलाई बेवास्ता गर्दै एमालेका १७ सांसदले माओवादी केन्द्रका भट्टलाई विश्वासको मत दिए । सभामुखसहित २५ जना सांसद रहेको एमालेका बहुसख्यक सांसदले मत दिएकै कारण भट्टको सत्ता टिकेको हो । ५२ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रका १३ सांसद छन् । भट्टले विश्वासको मत पाउनुको पछाडि एमाले उपाध्यक्ष भीम रावलको साथ रहेको अनुमान गरिएको थियो । किनकी त्यो समयमा रावल एमाले अध्यक्ष केपी शर्मा ओलीका कट्टर विरोधी थिए । अछामका रावलको सुदूरपश्चिमको एमाले राजनीतिमा बलियो पकड रहेकाले उनैको साथमा प्रदेश सभाका सांसदले अध्यक्ष ओलीको निर्देशन लत्याइदिएको धेरैको अनुमान थियो ।
एमालेको अन्तरसंघर्ष चर्किँदै गएर पार्टी विभाजन भएको छ । माधवकुमार नेपालले एमाले विभाजन गरी नेकपा(एकीकृत समाजवादी)पार्टी गठन गरेका छन् । नेपालले पार्टी विभाजन गर्दा रावलले उनलाई साथ दिएनन्। उनी अहिले ओलीसँग निकट छन् । ओलीको पक्षमा रावल लागेसँगै सुदूरपश्चिमको राजनीतिमा पनि फेरबदल आउने अनुमान गरिएको थियो

तर हिजो रावललाई साथ दिएका भनिएका एमालेका अधिकांश प्रदेश सांसदले एकीकृत समाजवादी रोजेका छन् । रावलको पक्षमा रहेका भनिएका १७ सांसदमध्ये १३ जनाले एकीकृत समाजवादी पार्टी रोजेका छन् । ४ जना सांसदमात्रै रावलझैं एमालेमा बसेका छन् । आफ्नो पक्षमा १४ सांसद रहने एकीकृत समाजवादीको दाबी छ । त्यो अवस्थामा एकीकृत समाजवादी प्रदेश सभाको सबैभन्दा ठूलो दल हुनेछ भने रावललाई जम्मा तीन जना सांसदले साथ दिनेछन् । जेठ २५ यता रावल बदलिए तर रावललाई साथ दिएका सांसद बदलिएनन ्। रावलले ओली रोजे पनि सुदूरपश्चिम प्रदेशमा एमालेभन्दा एकीकृत समाजवादी पार्टी ठूलो बनेको छ । कुनै बेला संसदमा झन्डै बहुमतमा रहेको एमाले अब सभामुखसहित १२ सांसदमा खुम्चिएको छ । ओली र नेपालबीच अन्तरसंघर्ष हुँदा सुदूरपश्चिम प्रदेशमा नेपाल पक्षको बोलवाला हुनुमा रावलको प्रभाव रहेको मानिएको थियो । रावलकै कारण माधव नेपाल बलियो भएको अनुमान थियो। सुदूरपश्चिममा रावलका कारण माधव नेपाल नभई नेपालका कारण रावल बलियो बनेको घटनाक्रमले पुष्टि गरेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports