विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यु १९ विश्वकपमा नेपालको लगातार तेस्रो जित

728
shares

काठमाडौँ – आगामी वर्ष श्रीलंकामा हुने यु–१९ विश्वकपको एसिया छनोट अन्तर्गत युएईमा जारी खेलमा नेपाली युवा टिमले लगातार तेस्रो खेलमा जित निकालेको छ। सोमबार आफ्नो तेस्रो खेलमा नेपालले हङकङ माथि ९ विकेटको जित हासिल गरेको हो।

नेपालविरुद्ध पहिले ब्याटिङ गरेको हङकङले ४६.३ ओभरमा अलआउट हुँदै १ सय २० रन बनाएको थियो। उक्त लक्ष्य नेपालले २२.१ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको सहज जितमा ओपनर आकाश त्रिपाठीले ६४ रनको अविजित इनिङ खेले। त्यस्तै, उनलाई उतम रङ्गु थापा मगरले ३९ रन बनाएर साथ दिए। यी दुईबीच दोस्रो विकेटका लागि ९८ रनको अविजित साझेदारी भएको थियो। त्यसअघि ओपनर अर्जुन कुमाल १६ रनमा आउट भएका थिए।

त्यसअघि पहिले ब्याटिङ गरेको हङकङका लागि पर्थ भग्वतले ३६ रनको इनिङ खेल्दा मोहमद अलियात जाहिरले २९ रन बनाएका थिए। त्यस्तै, थप दोहोरो स्कोरका रुपमा आहन त्रिवेदीले ११ रन बनाएका थिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports