सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यी हुन सार्वजनिक बिदामा पनि खुल्ने सरकारी कार्यालयहरू

468
shares

सरकारले सेवाग्राहीको बढी भीडभाड हुने सरकारी कार्यालय सार्वजनिक बिदाको दिन पनि खोल्ने भएको छ । हिजो बसेको क्याबिनेट बैठकले सेवाप्रवाहमुखी पाँच वटा कार्यालय शनिबार र अन्य सार्वजनिक बिदाका दिन पनि सुचारू गर्ने निर्णय गरेको हो ।

राहदानी विभाग, मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय, सरकारी अस्पताल र प्रहरी कार्यालयहरु अब देखि बिदाको दिनमा पनि खुल्ला हुनेछन् । यी कार्यालयले बिदाको दिन पनि सेवाग्राहीलाई सेवा दिनेगरी तयार पारिएको तालिका क्याबिनेटले स्वीकृत गरेको हो ।

तत्काल निर्णय कार्यान्वयनको निम्ति कर्मचारीलाई सिफ्टमा काम लगाइने छ । सार्वजनिक बिदाको दिन काम गर्ने कर्मचारीले सट्टा बिदा पाउने व्यवस्था गरिएको छ । यो निर्णयले सेवाग्राहीलाई केही राहत पुग्ने अपेक्षा गरेको सरकारले क्रमशः अन्य सरकारी कार्यालयलाई पनि हप्तामा सातै दिन खोल्नेगरी आन्तरिक तयारी गरिरहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports