kumari
stcnepal

आज थपिए कोरोनाका २४ जना संक्रमित

काठमाडौँ । देशभर थप २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्ट भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ सय २९ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधि बाट १५ तथा एन्टिजेन विधि बाट ९ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो तथ्याङ्क गत दुई दिनमा प्राप्त एकमुष्ट विवरण हो ।

यही अवधिमा थप ३ जना सङ्क्रमण मुक्त भएका छन् । त्यस्तै, २८ हजार ९१० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । नेपालमा कोरोना भाइरसको सङ्क्रमण बाट १२ हजार २० जनाको मृत्यु भइसकेको छ ।

footer