kumari
stcnepal

सतागठबन्धको बैठकमा प्रधानमन्त्री दाहालले पेश गरे सरकारको न्यूनतम साझा कार्यक्रम

काठमाडौं ।सत्तारुढ गठबन्धनका नेताहरुको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गरेका हुन् । अब उक्त मस्यौदामा बुधबार छलफल हुने बैठकमा सहभागी नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए । ‘सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेश भयो । भोलि त्यसमा छलफल हुन्छ’ उनले भने ।

न्यूनतम साझा कार्यक्रम माथि छलफल भएपछि मन्त्रिपरिषद विस्तार बारे छलफल हुने नेता लेखकले बताए । उनले मन्त्रालय भागवण्डामा धेरै समस्या नभएको बताए । ‘कुरा नमिल्ने केही छैन, सरकार चाँडै विस्तार हुन्छ’ उनले भने ।

 

footer