लोकसेवा आयोगले प्रकाशित गर्यो उपसचिव लिखित परिक्षाको नतिजा
वि.सं.२०७९ चैत २४ शुक्रवार ०७:३९
shares

काठमाडौं । लोक सेवा आयोगले आन्तरिक प्रतियोगिता तर्फ भएको उपसचिव वा सो सरहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले न्याय सेवा, प्रशासन सेवा, लेखापरीक्षण सेवा र संघीय संसद सेवाको आन्तरिक प्रतियोगितातर्फको परीक्षाको नतिजा प्रकाशन गरेको हो । आयोगले बिहीबार गत माघ २ र १० गते सञ्चालन भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरु इन बास्केट एक्सरसाइज र अन्तर्वार्ता बाट बढुवाका लागि सफिारिस हुनेछन् ।






































