नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संसदीय गतिविधि हेर्नेगरी प्रमुख तिन दलले तोके एक-एक जना नेता

585
shares

काठमाडौं। प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संसदीय गतिविधि हेर्नका लागि संयुक्त रुपमा तीन दलका नेता नेतालाई जिम्मेवारी तोकेका छन्।

जिम्मेपारी पाउनेमा नेकपा एमालेबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक छन्। संसदमा बिचारधीन विधेयक, विधेयकमा रहेका विषयवस्तु, संसदीय विषयगत समितिको नेतृत्व, संयुक्त समितिमा रहने सदस्य लगायतका विषयमा छलफल गर्ने र निर्णयका लागि तीन दलको बैठकमा पेश गर्ने गरी तीन नेतालाई जिम्मेवारी दिइएको हो। आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा तीन दलका शीर्ष नेताहरु छलफलमा जुटेका थिए ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, एमाले संसदीय दलका उपनेता नेम्वाङ, कांग्रेस प्रमुख सचेतक लेखक, माओवादीका मुख्य सचेतक पाण्डे सहभागी बैठकले संसदीय गतिविधि हेर्नेगरी तीन वटै दलबाट एक/एक जनालाई मुख्य जिम्मेवारी दिएको हो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports