नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

तिन वटा प्रज्ञा प्रतिष्ठानमा नाम सिफारिस गर्न प्रधानमन्त्री साहले गठन गरे सिफारिस समिति

312
shares

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले तीन वटा प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सभा सदस्यहरूको नाम सिफारिस गर्न गठित सिफारिस समितिका सदस्यहरू मनोनीत गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री शाहले नेपाल प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ दफा ८ (१) (ख) सिफारिस समिति सदस्यहरू नारायणप्रसाद ढकाल (काठमाडौं) र अर्चना थापा (ललितपुर)लाई मनोनयन गरेका हुन् ।प्रधानमन्त्री बालेनले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ दफा, ८ (१) (ख) बमोजिम बत्सगोपाल वैद्य (ललितपुर) र लोकबहादर चित्रकार (ललितपुर)लाई मनोनयन गरेका छन् ।

साथै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ दफा ८ (१) (ख) अनुसार सिफारिस समिति सदस्यमा लोचन रिजाल (पाँचथर) र अनुप बराल (कास्की)लाई मनोनयन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports