linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको शनिबार र आइतबार उच्च सतर्कता अपनाउन आग्रह

533
shares

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार र आइतबार उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज र भोलि कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको भन्दै प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।वर्षाका कारण २३ बढी जिल्लामा बाढीको उच्च जोखिम रहेकोले सतर्क रहन प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणका अनुसार दुई दिन पाँचथर, इलाम, झापाा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बाग्लुङ, म्याग्दी र स्याङ्जा उच्च जोखिममा रहेका छन् ।यी जिल्लाहरुमा रातिको समयमा सवारी साधन सञ्चालन नगर्न प्राधिकरणले अनुरोध गरेको छ । परिस्थिति अनुसार जुनसुकै बेला पनि सवारी साधन आवागमन बन्द गर्न प्राधिकरणले भनेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशका हिमाली/पहाडी भू–भाग, कोशी, बागमती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थान र मधेश, बागमती र गण्डकी प्रदेशको तराईको एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । प्राधिकरणले भारी वर्षाका कारण अचानक बाढी, पहिरो, कटान, गेग्रान बहाव, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम समेत हुने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारीका लागि अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले पनि विशेष बुलेटिन जारी गर्दै दुई दिनका लागि सतर्क रहन भनेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports